काठमाडौं, ९ असोज । दसंैका लागि राष्ट बैंकले आजदेखि बैंकहरुलाई नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकबाट नयाँ नोट लगेपछि बैंकहरुले सर्वसाधारणलाई सटहीको सेवा दिनेछन् ।
सर्वसाधारणलाई भने असोज १६ गतेबाट राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयबाट सटही सेवा प्रदान गर्नेछ । कारोबार समयमा प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्मको नोट सर्वसाधारणले साट्न पाउने छन् ।

गत वर्ष प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्मको नोट सटही सुविधा दिइएको थियो।

राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालयहरुले पनि १६ गतेबाट नै नोट सटही गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय