काठमडौं । एचअाइभी एड्स भन्ने वितिक्कै सबैले मानिसमा हुने रोग भन्ने बुझिन्छ । तर एक अनुसन्धानले पशुपतिका बाँदरमा एचआइभी-एड्स र क्यान्स संक्रमण भएको देखाएको छ । अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो ।
अनुसन्धान गरिएका ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । नयाँ पत्रिकाका जसअनुसार अनुसन्धानको क्रममा १७ भाले र २२ पोथी बाँदर थिए ।
एड्स सर्ने भनेको असुरक्षित सम्पर्कबाट भन्ने मात्र बुझाइएको छ तर बाँदरबाट पनि एड्स सर्न सक्छ । बाँदरले मानिसलाई अाक्रमण गरी चिर्थोदा वा टोक्दा पनि एड्स सर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बाँदरको टोकाइबाट क्यान्सर र एचआइभी-एड्स सर्छ । नेपाल यसबाट उच्च जोखिममा रहेको अनुसन्धनकर्ताको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय