जाडोको तुलनामा गर्मी याममा शरीरमा पानीको आवश्यक्ता बढी हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । बाह्य वातावरण सुख्खा हुन्छ । त्यही कारणले पनि शरीरमा पानीको सन्तुलन मिलाउनु पर्ने हुन्छ । तर, हामी सादा पानी पिउन त्यती जाँगर देखाउँदैनौ, जति बजारमा पाइने कोल्ड ड्रिंक्स पिउन जाँगर चलाउँछौं ।
स्वादिलो र छरितो कोल्ड ड्रिंक्सले प्यास त मेटाउँछ, तर शरीरमा पानीको आवश्यक्ता पुरा गर्दैन । अझ बेफाइदा त के भने, कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि लाभदायक हुन्न ।त्यसैले गर्मीमा स्वाद पनि लिने, शरीरमा पानीको मात्रा पनि पुरा गर्ने विकल्प हो, सर्बत । घरेलु विधीबाट सजिलै तयार पार्न सकिने सर्बत स्वास्थ्यका लागि पनि सर्बोत्तम मानिन्छ ।
गर्मीबाट राहत दिनका लागि हामीलाई प्रकृतिले कागति दिएको छ । त्यस्तै यतिबेला पुदिना पनि पाइन्छ । कागती, पुदिना र अदुवाको सर्बत सजिलै बनाउन सकिन्छ, जो स्वादिलो हुनका साथै स्वस्थ्यबर्द्धक पनि । चिनी, बीरे नुन पनि यसमा मिश्रण गर्नुपर्छ । यद्यपी यसमा चिनी भन्दा मह वा सख्खरको प्रयोग गर्नु उत्तम हो ।
आवश्यक सामग्री – कागती दाना मध्यम आकारको– पुदिनाको पात– अदुवा (लाम्चो काटिएको)– बीरे नुन– चिनी (मह वा सख्खर भए राम्रो) कसरी बनाउने ? १. चिनीलाई एक गहिरो भाँडामा राख्ने र त्यसमा एक तिहाई पानी मिसाउने ।२. चिनीलाई घोलेर पकाउने । यो घोल औंलामा लिएर खेलाउँदा आपसमा टाँसिने हुनुपर्छ ।
अब उक्त घोललाई सेलाउन दिने ।३. कागती निचोरेर रस निकाल्ने । पुदिना र अदुवालाई मिक्सचरमा पिस्ने । तर, त्यसमा पानी नहाल्ने बरु चिनीको घोल थोरै मिसाइदिने ।४. अब चिनीको घोलमा पुदिना र अदुवाको मिश्रण, कागतीको रस, बीरे नुन मिसाउने । त्यसलाई राम्ररी घोल्ने ।




