काठमाडौं। आगामी आइतबार(मे १२) हुने इण्डियन प्रिमियर लिग(आइपीएल)को टिकट दुई मिनेटमै सकिएपछि आयोजक भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)माथि विभिन्न प्रश्नहरु उठेका छन्।

 

मंगलबार बीसीसीआईले बिना कुनै जानकारी फाइनलको टिकट बिक्री खुला गरेको थियो। बिना कुनै जानकारीको टिकट खुलाएपनि दुई मिनेटमा सबै टिकट विक्रि भएको जनाएपछि बीसीसीआईमाथि पारदर्शिताको प्रश्नहरु उठेका हुन्।

 

भारतीय सञ्चारमाध्यमलाई फाइनल हुने स्थान हैदरावादको क्रिकेट एशोसियनका एक सदस्यले प्रतिक्रिया दिँदै यो अचम्मको खबर भएको बताए। ‘फाइनलका सबै टिकट मिनेटमा नै कसरी बिक्री हुन सक्छन्? यो अचम्मको कुरो हो।’ उनले भने।

 

फाइनल हुने हैदरावादको राजीव गान्धी स्टेडियमको क्षमता ३९ हजार दर्शकको हो। खेलका लागि एक हजार, पन्ध्र सय, दुई हजार, पच्चिस सय, ५ हजार, दश हजार, १२ हजार ५ सय, १५ हजार र २२ हजार ५ सय भारतीय रुपैयाँको टिकट विक्री हुनेवाला थियो।

 

तर, टिकट विक्रिको जिम्मा पाएको इभेन्ट नाउ संस्थाले एक हजार, पन्ध्र सय, दुई हजार, पच्चिस सय, ५ हजारको मात्रै टिकट बच्यो। त्यसबाहेक दश हजार, १२ हजार ५ सय, १५ हजार र २२ हजार ५ सय रुपैयाँको टिकट कहाँ गयो भन्ने प्रश्नहरु समर्थनले उठाएका छन्।

 

इभेन्ट्स नाउले आफूहरुलाई उपलब्ध भएको टिकट आफूहरुले बेचेको बताएको छ। संस्थाको प्रतिक्रिया छ, ‘हामीलाई बेच्नको लागि जुन टिकट दिइएको थियो। त्यो हामीले बेच्यौं। बाँकी टिकटको बारेमा बीसीसीआईले जानकारी दिनेछ।

 

समर्थकहरुले अनलाईन टिकट बन्द गर्दै कालो बजारीमा अफलाइन टिकट बेच्नका लागि दुई मिनेटमै टिकट सकिएको जनाइएको हुनसक्ने आरोप लगाएका छन्।

 

आइपीएलको फाइनलमा मुम्बई यसअघि नै पुगिसकेको छ भने शुक्रबार हुने दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सबीचको दोस्रो क्वालिफायर्सको विजेता टोली फाइनलमा पुग्ने अर्को टोली हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah