काठमाडौं । डिप्रेसनबाट पीडित भएकाहरुका लागि ओखर लाभदायिक हुने अनुसन्धानले देखाएको छ । अमेरिकामा गरिएको एक अनुसन्धानले ओखर खाँदा डिप्रेसन अर्थात् अवसादको खतरा कम हुने अनि एकाग्रताको स्तर बढ्ने देखाएको छ । क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ओखर खाने व्यक्तिमा डिप्रेसनको स्तर २६ प्रतिशतले घट्ने भने यस्तै खालका अन्य खानेकुरा खाँदा ८ प्रतिशतले घट्ने पाएका छन् ।

 

अध्ययनको निष्कर्ष न्युट्रियएन्ट जर्नलमा प्रकाशित भएको छ । ओखरले शारीरिक ऊर्जामा वृद्धि र एकाग्रता बढाउँछ । विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता लेनोर अरबले अध्ययनमा संलग्नमध्ये एक वयस्क जीवनमा एक न एकचोटि डिप्रेसनग्रस्त भएको बताए ।

 

ओखरमाथिको अनुसन्धान मुटुरोगका सम्बन्धमा गरिएको थियो भने अहिले यसलाई डिप्रेसनको लक्षणसँग जोडेर हेरिएको छ । अध्ययनमा २६ हजारभन्दा बढी अमेरिकी वयस्कहरूलाई संलग्न गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय