काठमाडौं।चिया नेपाली समाजको जीवनशैली नै हो। अधिकांशले चिया भन्नेबित्तिकै दूधलाई छुटाउन नहुने सम्झन्छन्। स्वादका कारण पनि निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन्। तर, दूध चियाको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
कालो चिया भने निकै उपयोगी। कालो चियाले शरीरलाई स्वस्थ राख्नुका साथै क्यान्सरजस्तो रोगबाट समेत जोगाउन सहयोग पुर्याउँछ।
यी हुन्, कालो चियाका पाँच फाइदा:
तौल मेन्टेन :
कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ। जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन। तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ। कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ। जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ।
व्यवस्थित पाचन प्रणाली :
कालो चियाले पाचन प्रणालीलाइ समेत व्यवस्थित गर्ने काम गर्छ। जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ। कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ।
हुँदैन हर्ट स्ट्रोकको खतरा :
नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ। जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ। अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ। कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ।
रोगप्रतिरोधी क्षमता बढाउँछ :
कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ। यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ। किनभने, कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ। यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ।
क्यान्सरबाट जोगिन :
कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ। यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ।

ल्वाङ चिया पिउनुका फाइदा
चिया हाम्रो संस्कार हो । अधिकांश नेपालीलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ । अझ सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ । तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । यद्यपि, शरीरलाई फाइदा पुर्याउने चिया पनि छन् । जसमा एउटा पर्छ, ल्वाङ चिया ।
-ल्वाङवाला चिया अदुवा र अलैँची चियाभन्दा पनि बढी फाइदाजनक हुन्छ । त्यसैले यस्तो चियाको प्रयोग गर्ने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ ।-यस्तो चिया पिउनुको सबैभन्दा बढी फाइदा रुघाखोकीबाट बच्नका लागि हुन्छ । ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ ।नयाँ पत्रिकामा खबर छ ।
-हल्का भोक छ भने ल्वाङ चियाले निकै फाइदा पुर्याउँछ । एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ ।-पछिल्लो समय अधिकांश मानिस हाडको दुखाइको समस्याबाट ग्रसित छन् । यस्ता समस्या भएका मानिसले ल्वाङ चिया पिउँदा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्याउने गर्छ ।
-अहिले एसिडिटी पनि आमसमस्या बन्दै गएको छ । यस्तो हुँदा पेट दुख्ने, पोल्नेजस्ता समस्या पनि हुने गर्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।-दाँतको दुखाइ छ भने पनि ल्वाङको चिया सेवन गर्दा हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ । ल्वाङ दाँत दुख्ने समस्याका लागि निकै फाइदाजनक मानिन्छ ।
यसरी बनाउनुस् –पहिला दुईदेखि तीनवटासम्म ल्वाङ लिनुहोस् । त्यसलाई पिँधेर पाउडर बनाउनुस् । यस्तो पाउडरलाई पानीमा हालेर १० मिनेटसम्म उमाल्नुस् । र, त्यसमा आवश्यकताअनुसार चियापत्ती र चिनी राख्नुस् । त्यसपछि दूध राखेर केहीबेर पुनः उमाल्नुस् । अनि तयार हुन्छ, ल्वाङ चिया ।



