काठमाडौं। अधिकांशले मोहि र लस्सीको सेवन निकै रुचाउने गर्दछन् । स्वादमा यो ज्यादै स्वादिलो लाग्छ र शरीरमा शीतलता पनि प्रदान गर्छ । नूनिलो वा मिठो लस्सीको रूपमा यसको सेवन पाचनको लागि फाइदाजनक हुन्छ । यसकारण मोहि खानुको ८ अत्यन्त उपयोगी फाइदा यस्ता छन्, जानी राखौँ ।१-मोहिको सेवन भुटेको जिराको साथ गर्ने गरिन्छ, जसले पाचन प्रणालीमा मद्दत गर्छ र पेटको गर्मी र अन्य समस्याहरूबाट पनि जोगाई राख्छ ।
२-मोटोपना अधिक हुँदा मोहिमा नून मिलाएर पिउनु फाइदाजनक हुन्छ । उच्च रक्तचाप हुँदा गिलोयको चूर्ण मोहिको साथ सेवन गर्नुपर्दछ । त्यसैगरि बिहान-साँझ मोहिको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ ।३-पटक-पटक बाडुल्की लाग्ने समस्या रहेमा मोहिमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ । उल्टी वा उल्टी आउने जस्तो मन भएमा मोहिमा जायफल पिसेर यसको मिश्रण पिउँदा लाभ मिल्छ ।
४-सौन्दर्य समस्याको लागि मोहि निकै फाइदाजनक चीज हो । मोहिमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा त्वचाको चाउरीपना कम हुन्छ । यसको साथै गुलाबको जरालाई मोहिमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ ।५-यदि तपाई अत्यधिक तनावबाट गुज्रिनु भएको छ भने नियमित मोहिको सेवन लाभदायक हुन्छ । शरीरको साथ-साथै दिमागको गर्मीलाई कम गर्नका लागि पनि मोहिको सेवन उपयोगी हुन्छ ।
६-शरीरको कुनै पनि भागमा पोल्लेको छ भने तुरुन्त मोहि लगाउँदा आराम मिल्छ । चिलाउने समस्या हुँदा अमलतास (cassia Fistula)को पातलाई मोहिमा पिस्नुहोस् र शरीरमा मल्नुहोस् । केही समस्या पश्चात् स्नान गर्नुहोस् । शरीर चिलाउने समस्या कम हुँदै जान्छ ।
७-कुर्कुच्चा फाट्ने समस्या हुँदा मोहि तयार गर्दा निस्कने ताजा नौनी लगाउनुहोस् । यसो गर्दा फाटेको कुर्कुच्चा चाँडो ठिक हुन्छ ।८-कपाल झर्ने समस्यामा पनि मोहि उपयोगी हुन्छ । यसको लागि बासी मोहिले सप्ताहमा दुई दिन कपाल धुनु लाभदायक हुन्छ ।स्वाथ्य पत्रिका बाट



