काठमाडौ, वैशाख । संघीय संसदका अधिकांश सांसदहरुलाइ उच्च रक्तचाप रहेको पाइएको छ । सभामुख कृष्णबहादुर महरालाइ समेत उच्च रक्तचाप रहेको छ। महराको रक्तचाप १५०/११० रहेको छ। उनले उच्च रक्तचापको नियमित औषधि सेवन गर्दै आइरहेका छन् ।


संघीय संसदमा संसदहरुको रक्तचाप मापन गरि जनतालाइ समेत सुसूचित गराउने उदेश्यले सासदहरुको रक्तचापको परिक्षण गरिएको थियो । रक्तचाप परिक्षण कार्यक्रममा अधिकांश सांसदलाई उच्चरक्तचाप रहेको थियो,आयोजक मे मापन अभियानका संयोजक हरिकृष्ण भट्टराईले भने,”प्राय सासदहरुलाइ उच्च रक्तचाप रहेको पाइयो” मे मापन अभियान स्वयंसेवकहरुले आयोजना गरेको उच्चरक्तचाप मापन कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल, उपप्रधान , स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव लगायतका संसदहरुले उच्च रक्तचाप परिक्षण गरेका थिए ।

मे मापन अभियानका अभियन्ता डा. घनश्याम पाण्डेले ७२ जना संघीय सांसदको उच्चरक्तचाप परिक्षण गरेको बताए । उनले सांसदहरुलाई उच्चरक्तचाप परिक्षण सोमबार पनि सञ्चालन हुने बताए ।
१२०/८० सम्मको रक्तचापलाइ सामान्य मानिन्छ ।
कार्यक्रममा सभामुख महराले आफू उच्चरक्तचापको कारण नियमित औषधि सेवन गरीरहेको भन्दै सबैले नियमित रक्तचापको परिक्षण गर्न सुझाव दिए ।पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल र उपप्रधान तथा स्वास्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको उच्चरक्तचाप भने सामान्य थियो ।


अभियन्ता डा. पुष्प रिजालका अनुसार ७२ जना सांसदको ब्लड प्रेसर(उच्चरक्तचाप)को जाँच गर्दा अधिकांशमा उच्च रक्तचाप देखिएको थियो । अभियानका संयोजक हरिकृष्ण भट्टराईले सन् २०१७ बाट मे महिना भरिनै रक्तचाप मापन गर्ने गरिएको बताए । उनले उच्च रक्तचाप सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले मे मापन महिनाभर उच्चरक्तचाप परिक्षण गर्ने गरेको बताए । नेपालमा उच्चरक्तचाप मापन कार्यक्रम सन् २०१७ बाट सुरु भएको हो । अभियानमा मे महिनामा विभिन्न विश्व बिद्यालय, शैक्षिक तथा अनुसन्धान संघ संस्था, पेशाकर्मी र स्वंयसेवीहरुको सकृयतामा गरिदै आएको छ । हेल्थी खबर बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय