काठमाडौँ | गर्मि सिजनमा काँक्रा प्रशस्त पाइन्छ ।काँक्रा प्रशस्त पानि पनि पाइन्छ ।काक्रामा ९५ प्रतिशत पानी हुन्छ ।यो सलादको लागी पनि निकै उपयोगी मानिन्छ ।होटेल, रेस्टुरेन्ट देखि घर सम्म काक्राको सलाद बनाइने गरिन्छ । काँक्रा गर्मीमा बढी रुचाइने गरिन्छ ।काक्राले सलादलाई मात्र होइन यसका धेरै फाइदा पनि छन् । काँक्रामा भिटामिन ‘के’ र ‘सी’ प्रशस्त पाइन्छ ।काँक्रामा पाइने बिटा करोटिनले कपाल र छालालाई सुन्दर बनाउने गर्छ ।काँक्राको नियमित सेवनले मानिसको छाला सधँै नरम बनाइदिन्छ ।
यसको प्रयोगले गर्मीमा हुने डिहाइड्रेसनको समस्यालाई पनि कम गरिदिन्छ ।गर्मिमा घामले डढेर छालाको कतिपय भाग कालो हुन्छ ।यदि काँक्राको रस निकालेर १५ मिनेटसम्म लगाएमा दाग हट्छ ।यदि गर्मी या अन्य कारणले तपाईंको आँखाको वरपर कालो घेरा बसेको छ भने काँक्रा तपाईंका लागि औषधि हुन सक्छ ।काँक्राको सानो टुक्रा दाग लागेको ठाउँमा दैनिक १५ मिनेट राखेमा केही दिनमै दाग हराउछ ।काँक्राले छालालाई मात्र नभई कपाललाई पनि सुन्दर बनाउछ। जुस बनाएर दैनिक एक गिलास पिउँदा कपालमा चमक आउनुका साथै कपाल झर्ने समस्या बाट पनि छुटकारा पाउन सकिन्छ ।



