काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ५:१६ बजे र सूर्यास्त : साँझ १८:४६ बजे र दिनमान ३३ घडी ४६ पला। पूर्णिमा व्रत। गौतमबुद्ध जयन्ती। चण्डी पूर्णिमा। कूर्म जयन्ती। गोरखनाथ जयन्ती। किरातहरूको उभौली पर्व। वैशाखस्नान समाप्ति। बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा। स्वायाँ पुन्ही। घाँटुनाच समापन। रानीघाटमा बाघभैरव पर्व। ललितपुरको गोटिखेलस्थित वैतरणीधाम स्नान।

वि.सं. २०७६ साल जेठ ४ गते शनिबार इश्वी सन् २०१९ मे १८ तारिख। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३९ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पूर्णिमा, २६:५८ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– विशाखा, २६:५५ बजेउप्रान्त अनुराधा। योग– वरियान्, १५:४९ बजेउप्रान्त परिघ। करण– भद्रा, १५;२९ बजेदेखि वव, २६:५८ बजेउप्रान्त वालव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– तुला, २०:५९ बजेउप्रान्त वृश्चिक।
भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । पविछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह ) –
काम नबन्न सक्छन्, सजग रहनुहोला । केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ।विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।यात्राका क्रममा मालमत्ता सुरक्षा र वादविवादमा सजग रहनुहोला। मिहिनेतले पनि उद्देश्य पूरा हुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) –
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। द्धिको क्षेत्रका सफल भइने छ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ।आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ।तापनि मिहिनेतले मौका अवश्यै दिलाउनेछ।पढाइलेखाइमा भने सोचेजस्तो प्रगति गर्न नसकिएला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) –
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला।निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ काम प्रारम्भ गर्ने समय छ। काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। विभिन्न भौतिक साधनहरू जुट्नेछन् ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले काम बन्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।। आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । पठन–पाठनमा प्रगति हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । रमाइलो भेटघाटका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) –
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ।धेरै आम्दानी नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर मिल्नेछ। रम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । ।अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ



