एजेन्सी /  ताइवानको संसदले एक ऐतिहासिक निर्णय गरेको छ । ताइवान एशियाको पहिलो यस्तो देश बनेको छ जहाँ समलिङ्गी विवाह अब गैह्रकानूनी रहेन ।

 

शुक्रबार संसदमा यो विधेयकका लागि मतदान भयो । त्यसपछि संसदले यस्तो निर्णय लिएको हो ।सन् २०१७ मा द्वीपको संवैधानिक अदालतले समलिङ्गी जोडीलाई विवाह गर्न अनुमती नदिनु संविधानको उल्लंघन भएको बताएको थियो ।संसदलाई दुई वर्षको समय दिइएको थियो र २४ मेसम्म यो कानूनलाई पारित गर्ने समय थियो ।

 

 

यो क्रममा तीन विभिन्न विधेयकमा चर्चा गरियो जसमध्ये सर्वाधिक प्रगातिशील मानिने सरकारी विधेयकलाई मञ्जुरी दिइयो ।यो निर्णयको प्रतिक्षामा राजधानी ताइपेमा वर्षाका बावजूद संसद बाहिर समलिङ्गी अधिकारका हज्जारौं समर्थक जुटिरहे ।

यो निर्णय आएलगत्तै संसदले समलिङ्गी विवाहसँग जोडिएको विधेयकलाई मंजुरी दिएको छ । उनीहरु खुसीले उफ्रिए र भावुक भएर एक–अर्कालाई अँगालो हाले ।

 

यद्यपी, रुढिवादी विपक्षी यो निर्णयबाट रिसाएका थिए ।

 

बिलमा के छ ?

रुढिवादी सांसदद्वारा प्रस्तुत गरिएका दुई अन्य विधेयकमा विवाहको साटो सेम सेक्स फ्यामिली रिलेशनशिप वा सेम सेक्स युनियनको उल्लेख गरिएको थियो ।

तर धर्मपुत्र–पुत्रीका लागि सिमित अधिकार दिने एकमात्र सरकारी विधेयक संसदमा बहुसंख्यक डेमोक्रेटिक प्रोगेसिभ पार्टीका सांसदको समर्थनको साटो ६६–२ भोटसहित पारित गरेको थियो ।

 

 

अब ताइवानका राष्ट्रपति साइ इंग–वेनको मुहरपछि यो कानूनको रुपमा प्रभावकारी हुनेछ ।

यसमा मतदानअघि थुप्रै समलिङ्गी कार्यकर्ताले उनीहरु यो विधेयकलाई मात्र स्विकार गर्ने बताएका थिए ।

 

https://www.facebook.com/hoo.jcai/photos/a.391763700946472/2080196485436510/?type=3

 

ताइवानको ‘म्यारिज इक्वालिटी कोअलिशन अधिकार समूह’ की मुख्य संयोजक जेनिफर लूले बीबीसीलाई भने, ‘यो पूर्ण रुपमा विवाहको अधिकार होइन । हामी एक विदेशी र ताइवानी नागरिकबीच समलैंगिक विवाह र मिान शिक्षाको लैंगिक अधिकारको विषयमा अहिले स्पष्ट छैन । यो निकै महत्वपूर्ण पल हो तर हामी आफ्नो लडाईं जारी राख्नेछौं । हामी आफ्नो भविष्यका लागि यो महत्वपूर्ण अधिकार चाहन्छौं ।’

ताइवानका गायक जोलिन साइले फेसबुकमा एक तस्बिर पोष्ट गरेर आफ्नो खुसी व्यक्त गर्दै लेखे, ‘बधाई छ । हामी सबै यो खुसीका पात्र हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah