दमक÷शनिबार दिउसो पाथिभरा चलचित्र मन्दिरमा नेपाली कथानक चलचित्र तारेभिरको बिशेष प्रर्दशनी रहेको थियो । जहाँ दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख राजन लिम्बु, प्याप्सन झापाका बरिष्ठ उपाध्यक्ष श्रवण पोखरेल लगायतको उपस्थिति रहेको थियो । चलचित्रका कलाकारहरुको पनि उपस्थिति देखिन्थ्यो । तारेभिर चलचित्र गुण्डागर्दी र त्यसलाइ नियण्त्रण गर्नका लागि प्रहरीले खेल्ने सकारात्मक भूमिकालाइ बिषयबस्तुको केन्द्रबिन्दु बनाईएको छ । छोरीहरुले पनि केहि गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ । कलाकारिता क्षेत्रमा स्थापित बनेका प्रेम सुब्बाको निर्देशन र उनको भूमिका हेर्नेहरुलाइ प्रशंशा नै गर्नेछन् । धेरैजसो चलचित्र र गीतहरुमा ग्लामर तथा तडकभडक देखाएर श्रोता तान्न खोजिएको पाईएपनि यो चलचित्रमा त्यो पाइएन ।
परिवारका सबै सदस्यसंगै बसेर मज्जाले चलचित्र हेर्न सकिनेछ र दूइ घण्टाको समय पट्यार लाग्दो नभइ बित्नेछ । नायिका द्वय बिष्णु चेम्चोङ र रेखा फागोको अभिनयलाइ कसैले नयाँ भन्ने छैनन् । उनिहरुको भूमिकाले साच्चिकै हलमा बसिरहन अभिप्रेरित गर्छ । चलचित्रका निर्माता देउकृष्ण देवानको भूमिका पनि उत्कृष्ठ रहेको पाईयो । फोटो खिच्नेको भिड चलचित्र हेरिसकेपछि हलमा संगै फिल्म हेरेका कलाकारहरुसंग फोटो खिच्नेको भिड नै लागेको देखिन्थ्यो । डिएसपीको भूमिका निर्वाह गरेका निर्देशक प्रेम सुब्बालाइ गुण्डाले गोली ठोकेर मारेको दृश्य हेरेका दर्शहरुले भनिरहेका थिए–‘अघि मरेको मान्छे त यहि पो रहेछन् ।’ गुण्डाले मारेका डिएसपी श्रोतको प्रतिक्रिया बुझ्नका लागि हलमा नै रहेका थिए । चलचित्रका बजार ब्यवस्थापक तथा पाथिभरा चलचित्र मन्दिरका प्रुमख चैतन्य बरालले चलचित्र राम्ररी चल्ने देखिएको बताए ।
https://youtu.be/WSojz9ZLCF8



