एजेन्सी- भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी आईसीसी विश्वकपपछि सन्यास लिने तरखरमा छन् ।

धोनीले सन्यास लिएपछि आफूले बनाएका केही चित्रहरूको प्रदर्शनी गर्ने हालै हालै खुलासा गरेका छन् । महेन्द्रसिंह धोनीले बाल्यकालदेखिको सपना सुनाउँदै क्रिकेटबाट सन्यास लिएपछि आफ्नो शोख पूरा गर्नतर्फ लाग्ने बताए ।
धोनीले आफ्ना केही पेन्टिङ प्रदर्शनी गर्दै एक भिडियोमा भनेका छन्, ‘म तपाईंहरूलाई सबै गोप्य कुरा भन्न चाहन्छु, बच्चाबेला देखिनै एक चित्रकार बन्न चाहन्थे । मैले धेरै क्रिकेट खेलेँ । यसकारण मैले अबको समय पेन्टिङमा बिताउन चाहन्छु ।’
उनको पहिलो पेन्टिङ प्राकृतिक दृश्यको छ ।
३७ वर्षीय धोनीको कप्तानीमा भारतले टी-ट्वान्टी र एक दिवसीय क्रिकेट विश्वकप जितेको थियो ।



