एजेन्सी । कपाल झर्ने, समय नपुगी फुल्ने, रुखो हुने जस्ता समस्याले धेरैलाई सताइरहेको हुन्छ। यो समस्या रोक्नका लागि धेरैले धेरै केमिकलयुक्त बस्तुको प्रयोग पनि गरेका छौँ। केमिकलको प्रयोगले कपाल झर्न रोक्न भन्दा पनि झनै कपाल झर्ने समस्या समेत थपिदिन सक्छ।

 

त्यसैले यस्ता विभिन्न समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपायको प्रयोग गर्न सकिन्छ। यस्ता घरेलु उपायले कुनै साइड इफेक्ट नगरी कपाललाई लामो, बाक्लो र बलियो बनाउन सहयोग गर्दछन्।

 

कपाल लामो बाक्लो बनाउन अप्नाउनुहोस् यी उपाय :

 

१) नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनुहोस् । यसले तपाईको कपाल झर्न रोकी कपाललाई लामो र बाक्लो बनाउन सहयोग गर्दछ।

 

२) तोरीको तेललाई तताएर यसमा नरिवलको तेल, तिलको तेल र वनस्पति तेल मिलाउनुहोस् र यस तेलले टाउको मालिश गर्नुहोस् । यो तेल कपालको लागि निकै लाभदायी हुने गर्दछ।

 

३) प्याजलाई पिसेर यसको दुई चम्मच रस निकाल्नुहोस् । यस रसले कपाललाई हल्का हातले मालिश गर्नुहोस् ।

(४) रिठा र अमलाले पनि कपाललाई पोषण प्रदान गर्छ । यसको पेस्ट बनाएर कपालमा लगाउनुहोस् ।

(५) नरिवलको तेलमा एलोभेरा जेल मिलाएर कपालको जरामा मालिश गर्नुहोस् । यसले कपाल लामो र बाक्लो बनाउँछ ।

(६)कपालमा वनस्पति तेलले मालिश गर्नुहोस् । यसले कपाल तीव्र गतीमा टुट्ने समस्यालाई कम गर्छ ।

 

(७)मेथीदानालाई रातभरी भिजाएर राख्नुहोस् र बिहान यसको पेस्ट बनाएर कपालमा लगाउनुहोस् र केही समय पश्चात कपाल धुनुहोस्।

(८)नरिवलको दूधले कपाललाई पोषण प्रदान गर्छ । तपाई हप्तामा एक पटक नरिवलको दूधले कपाल मालिश गर्न सक्नुहुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय