एजेन्सी । व्यायाम हाम्रो शरीरको लागि निकै नै महत्वपूर्ण छ । ब्यायामले हाम्रो शरीरलाई फिट बनाउनुको साथै स्वस्थ राख्नमा मद्धत गर्छ । नचाहँदा नचाहादै पनि कति मानिसहरु अत्यधिक मोटाएर आफ्नो शरीरबाट दिक्क छन भने कतिलाई दुब्लो भएर पनि पिर लागि रहेको हुन्छ |
स्वस्थ रहन सधै फिट रहनु पर्छ त्यसको लागि मोटोपना अभिसाप नै हो | तसर्थ शरीर फिट राख्न अनिवार्य ब्यायामको जरुरि रहन्छ | आज हामी तपाईलाई पेटको बोसो घटाउने निकै नै सरल उपायको बारेमा जानकारी दिन्छौं । यसको लागि तलको भिडियो हेर्नुहोस्ः
यो पनि पढ्नुहोस्;
मिठो निद्राका लागि सुत्नुअघि के नगर्ने – सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ ।
चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ । राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा चकलेट एक नम्बरमा पर्छ । यसले शरीरमा नकारात्मक असर पार्छ । यसमा चिल्लोपदार्थ र क्याफिनको मात्रा बढी हुन्छ । जसले निद्रामा बाधा पार्छ ।
एक अध्ययनअनुसार राती सुतनुअघि रक्सी सेवन गर्नाले मष्तिष्कमा अल्फा उर्जा बढ्छ, जसबाट निद्रामा असर पुग्छ । सुत्नुअघि रक्सी सेवन गर्नेहरुलाई सुरुमा हल्का निद्रा परेपनि पछि यसले गहिरो निद्रामा खलल पार्छ । राती सुत्नुअघि मसालेदार खाना बढी खानाले अनिद्राको समस्या आउन सक्छ ।
तेल, खुर्सानीजस्ता मसालेदार खाना खाएपछि एसिड रिफ्लेक्सको समस्याका कारण निद्रामा असर पर्न सक्छ । यसैले सुत्नु दुई घण्टा अघि खाना खानुपर्छ भनिएको हो । शरीरलाई हाइड्रेट राख्न र विषालु तत्व बाहिर निकाल्न अधिकमात्रामा पानी पिउनु आवश्यक हुन्छ ।
तर, सुत्नुअघि धेरै पानी पिउदा निद्रामा असर पर्न सक्छ । किनकि धेरै पानी पिउनाले राती पटकपटक बाथरुम जानुपर्ने हुन सक्छ । यदि राम्रो निद्रा चाहनुहुन्छ भने धूमपान अहिल्यै छाड्नुस् ।
सन् २०१३मा गरिएको एक अध्ययनले एउटा खिल्ली चुरोटले १.२ मिनेटका निद्रा खलबलिन्छ । किनकि चुरोट पिउँदा हाम्रो शरीरले बाहिरैबाट निकोटिन लिने बानी पर्छ, जबकि सुत्दाखेरि नै प्राकृतिक रुपमा निकोटिन शरीरलाई मिल्छ ।



