काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन । समूह बी अन्तर्गतका खेलमा प्रदेश नम्बर १ र त्रिभुवन आर्मी क्लब तथा नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे समुह बीका दुई टोली प्रदेश १ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । उद्घाटन खेलमा जित निकालेको आर्मी सोही प्रर्दशनलाई दोस्रो खेलमा समेत निरन्तरता दिने लक्ष्यमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा उत्रन लागेको प्रदेश १ को नेतृत्व पुष्प थापाले गर्नेछन् ।

 

यस्तै, ९ बजे नै मुलपानी क्रिकेट मैदानको उद्घाटन हुने अर्को खेलमा कर्णाली प्रदेश र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । समुह बी अन्तर्गतकै खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

 

राष्ट्रिय टिमका अधिकांश अनुहार समावेश पुलिस प्रतियोगिताकै दाबेदार टिम हो । टिममा मञ्जित श्रेष्ठ कप्तानीको पुलिसमा अनिल साह, दिलिप नाथ, कुसल भुर्तेल, अमीत श्रेष्ठ, अबिनास कर्ण, सुनिल धमला, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सरार्फ, ललित भण्डारी, रामनरेश गिरी, ललित राजवंशी र सागल ढकाल छन् । कर्णाली प्रदेशको नेतृत्व भने रबिन्द्र जंग शाहीले गर्नेछन् । अधिकांश युवा खेलाडी सहभागि कर्णालीले बलियो मानिएको पुलिससामु चुनौती पेश गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah