दमक | झापाको दमकमा दमक उद्योग वाणिज्य संघको नवनिर्वाचित नेतृत्वलाई हिजो आइतबार पद हस्तान्तरण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक लिलानाथ खनालले नवनिर्वाचित नेतृत्वलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
पहिलो चरणको कार्यक्रम संघका तत्कालिन अध्यक्ष प्रकाश प्रसाईको अध्यक्षतामा भएको थियो भने दोश्रो खण्ड नवनिर्वाचित अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको थियो ।




