नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकप्रिय नेतामा परिचित र बढी मत ल्याउने भन्दा पनि स्थानिय तहका जनता माझ सुख दःखमा साथ दिने व्यक्तिलाई पार्टीले उम्मेदवारका लागि टिकट दिने बताउनु भएको छ ।

स्थानीय चुनाव सम्मुख रहेका बेला पार्टीले जनतामा पुग्ने नेतालाई नै रोज्ने उहाँले स्पष्ट गर्नुभयो ।आगामी वैशाख–३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचन नेपाली काँग्रेसका लागि जिवन मरणको लडाइ भएको पनि बताउनु भयो ।

स्थानिय निकायको निर्वाचनको मत परिणामलाई नेपाली काँग्रेसको पक्षमा पार्नुपर्ने भन्दै सोही अनुसार पार्टी कार्यकर्तालाइ अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।  विराटनगरमा बुधबार आयोजित स्थानीयतहको संवैधानिक व्यवस्था सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुदै नेता कोइरालाले निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम संचालनगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले अव निर्वाचनमा गुट उपगुट सृजना गर्न खोज्ने जो कोहीलाई पनि पार्टीले कार्वाही गर्ने बताउनुभयो । नेपाली काँग्रेसप्रति जनताको भावनात्मक सम्वन्ध जोडिएकाले जनतालाई सर्वोपरी ठानेर कामगर्न समेत उहाँले आग्रह गर्नुभयो । स्थानिय निकायमा महिलाको भुमिका महत्वपूण रहेकाले महिलाहरुले पनि गाउगाउमा गएर निर्वाचनको अभियानमा जुटनुपर्ने नेता कोइरालाको भनाई थियो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर  ७ को आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य गोपालराज भण्डारी, महाधिवेश प्रतिनिधि केदार कार्की, सुदनवहादुर कार्की तथा दामोदर कोइराला तथा क्षेत्रिय सभापती निरन्जन रिजालले कार्यक्रमको महत्ववारे चर्चा गर्नु भएको थियो ।

दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा डाक्टर शेखर कोइराला, राजनितिक विश्लेषक हरी शर्मा , महासमिति सदस्य लक्ष्मणबहादुर वस्नेत तथा अधिवक्ता भरत थापाले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय