प्रवीण ढकाल

स्वास्थ्य खबर

काठमाडौं– नर्स भन्नेबित्तिकै आमनेपालीको दिमागमा एप्रोन लगाएर अस्पतालमा खटिएकी युवती वा महिलाको तस्विर आउँछ। हुन पनि नेपालमा नर्सहरु महिला नै छन्। त्यही कारण नेपालमा नर्स र महिला पर्यायवाची शब्दझैँ लाग्छ। तर, सरकारको एउटा समितिले नर्सिङ पेशामा पुरुषलाई पनि ल्याउन सुझाब दिएको छ।

नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले स्वास्थ्य मन्त्रालयमा बुझाएको प्रतिवेदनमा नर्सिङ पेशामा पुरुषलाई अवसर दिनुपर्ने सुझाव दिइएको छ। प्रतिवेदनमा नर्सिङ क्षेत्रमा पुरुषहरुको उपस्थितिका लागि नर्सिङ शिक्षामा कम्तिमा १० प्रतिशत कोटा निर्धारण गर्नुपर्ने उल्लेख छ।

समितिको यो सुझाब कार्यान्वयनमा आए नर्सिङ कलेजहरुले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १० प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन्। सरकारी तथ्यांक अनुसार हाल नेपालमा वार्षिक एक सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेको छ। समितिको सुझाब कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ७ सय ७ जना पुरुष नर्स उत्पादन हुनेछन्।

वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक गोमादेवी निरौला श्रेष्ठको संयोजकत्वमा गठित सात सदस्यीय समितिले उक्त सुझाब कार्यान्वयनमा ल्याउन स्वास्थ्यमन्त्री गगन थापालाई प्रतिवेदन बुझाइसकेको छ। समितिमा ईश्वरीदेवी श्रेष्ठ, टेकबहादुर मल्ल, निरा पाण्डे, सरला केसी, डा. लक्ष्मी तामाङ, कल्पलता सुब्बा र शिक्षा मन्त्रालयका प्रतिनिधि सदस्य थिए। समितिले करिब दुई महिना लगाएर तयार पारेको प्रतिवेदन मन्त्री थापालाई बुझाएको हो।

समितिको प्रतिवेदन बुझेलगत्तै मन्त्री थापाले सुझाब कार्यान्वयनका लागि काम अगाडि बढाउन निर्देशन दिएका छन्। मन्त्री थापाले नेपाल नर्सिङ काउन्सिललाई पुरुष नर्स उत्पादन गर्ने विषयमा आवश्यक तयारी अगाडि बढाउनसमेत भनेका छन्। समितिकी संयोजक श्रेष्ठ काउन्सिलकी नवनियुक्त अध्यक्षसमेत हुन्। उनले यो विषयमा काउन्सिल तथा सरोकारवालाहरुसँग छलफल गरेर आवश्यक कदम चालिने जानकारी दिइन्।

२३ वर्षअघि नेपालमा पुरुष नर्स उत्पादन हुन्थे
काउन्सिलको तथ्यांक अनुसार नेपालमा हाल ७० जना पुरुष नर्स कार्यरत छन्। नेपालमा २०५० सालभन्दा अगाडि चार ब्याचसम्म पुरुष नर्स उत्पादन भएका थिए। तर, चार ब्याचपछि उक्त कार्यक्रम रोकिएको थियो। चार वर्षको अवधिमा नेपामला ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए।

नेपालमा सबैभन्दा पहिला २०४६ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ सुरु भएको हो। तत्कालीन समयमा राजपरिवारका सदस्यहरु अस्पताल भर्ना हुँदा नर्सिङ सेवा लिने क्रममा पुरुष नर्सको आवश्यकता महसुस भएपछि नेपालमा पुरुष नर्सको अध्ययनको बाटो खुलेको थियो। आइओएमले त्यतिबेला १० प्रतिशत पुरुषलाई पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना लिएको थियो।

एकमहिना अगाडि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नेपाल नर्सिङ संघको १३औं राष्ट्रिय सम्मेलनमा पनि पुरुष नर्स उत्पादन गर्ने विषयमा बहस चलेको थियो। सम्मेलनमा संघकी अध्यक्ष तारा पोखरेलले विदेशमा पुरुष नर्स हुने भएकाले लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स हुनुपर्ने बताएकी थिइन्। उनले बिरामीको सेवा गर्न पुरुषहरु पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमाफर्त सरकारसँग माग गरेको जनाएकी थिइन्।

नेपालमा कति नर्स?
नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ७१ हजार पाँच सय ५७ नर्स दर्ता छन्। त्यसमध्ये ४३ हजार एक सय ३९ जना नर्स, २७ हजार पाँच सय ८९ अनमी र आठ सय २९ विदेशी नर्सको दर्ता छ।
संघको पछिल्लो तथ्यांक अनुसार दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २२ हजार नर्स कार्यरत छन्। संघकै तथ्यांक अनुसार करिब १५ हजार नर्स विदेसिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah