काठमाडौं, १० असोज । इरानी नागरिक भाहिद निक्जामिर पटक–पटक पर्यटन भिसामा नेपाल आइरहन्छन् । पछिल्लोपटक गत साउन १६ मा उनी नेपाल आए । प्राकृतिक मनोरमले उनलाई नेपालप्रति आकर्षित गरेको हो । नेपालको चरेस विश्वकै उच्च गुणस्तरीय हुने भएकाले त्यही चरेस खान उनी पटक–पटक आउने गरेका हुन् ।

उनी १६ वर्षदेखि चरेसका अम्मली हुन् तीन वर्षयता नेपालको चरेसले उनलाई मोहित बनाएको थियो । पटक–पटक नेपाल आएर चरेस लिएर जाने उनी यसपटक भने फन्दामा परेका छन् ।

शनिबार दिउँसो लागुऔषदध नियन्त्रण ब्युरो (एनसिबी)को टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई एक किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको आजको नयाँ पत्रिकामा खबर छ ।

मुम्बई हुँदै श्रीलंका जान खोज्ने क्रममा उनी पक्राउ परेका एनसिबीका डिएसपी अपिल बोहराले बताए ।

निक्जामिर बाग्लुङ पुगेर आफैंले उक्त चरेस बनाएका थिए । चरेस गाँजाबाट बन्छ । पहाडी जिल्लाको गाँजाको चरेस राम्रो हुने भएकाले उनी आफैँ बाग्लुङ गएर चरेस बनाएका थिए । नेपालको गाँजामा टेट्रा हाइड्र क्यानाबिनल (टिएचसी) धेरै हुने भएकाले नेपालको चरेस विश्वभर माग हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah