भारत राजस्थानको बाडमेरमा एक जोडीले एक अर्कालाई गोली हानेर आत्महत्या गरेका छन्। आत्महत्या पहिले उनीहरुले सामाजिक सञ्जाल ह्वाट्सएप ग्रुपमा एक अर्काको कनचटमा पेस्तोल ताकेको एउटा तस्बिर राखेका थिए ।

उनीहरुले केहीलाई अडियो म्यासेज पनि गरेका थिए। जसमा भनिएको थियो ‘हाम्रो कारण कसैलाई समस्या नहोस्।’

स्थानीय पत्रिकाका अनुसार आत्महत्या गरेकी १८ वर्षीया युवती विवाहित थिइन्। उनको दुई महिना पहिले मात्रै विवाह भएको थियो। विवाहपछि पनि युवती अर्कै केटासँग प्रेम सम्बन्धमा थिइन्।

सोही कारण युवतीसहित उनको प्रेमीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। bishalpath.com बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय