मनपराइएको घरपालुवा जनावर हो । गाउँघरमा मुसा मार्नदेखि लिएर सहरमा मुटुरोगको खतरा कम गर्न समेत बिरालो पाल्नेगरिन्छ । बिरालोबारे केही रोचक तथ्यहरु पढौँ । प्रत्येक वर्ष चीनमा चालीस लाखभन्दा बढी बिरालाहरु खाइन्छ।(बिरालामा सत्तरीभन्दा बढी नश्ल पाइन्छ ।(बिरालो लगायत, सिंह र बाघसमेत गुलियो स्वाद थाहा पाउँदैनन् किनभने उनीहरुको जीब्रोमा गुलियो स्वादकेशिका हुदैँन।(बिरालाहरु आफ्नो जीन्दगीको सत्तरी प्रतिशतभन्दा बढी समय सुतेर बिताउँछन् ।(बिरालो पाल्दा हार्ट अट्याक तथा स्ट्रोकको सम्भावना एक तिहाईले कम हुने एउटा अध्ययनले जनाएको छ ।(सन् १९६० को दशकमा अमेरीकी जासुसी सँस्था सि।आइ।ए। ले बीस मिलियन डलरभन्दा बढी रकम बिरालाहरुलाई (जासुसी तालिम दिन खर्चेको थियो । पहिलो जासुसी बिरालोलाई एउटा ट्याक्सीले किचेको थियो ।

 

 

(खसी पारिएका डाँगो बिरालाहरु खसी नपारिएका भन्दा ६२ प्रतिशत लामो आयो बाँच्दछन् ।(कोरिया र जापानजस्ता मुलुकहरुमा यस्ता क्याफेहरु पाइन्छन्, जहाँ गएर तपाइँ कफी पिउँदै बिरालाहरुसँग बसेर समय बिताउन सक्नुहुन्छ ।(एक अध्ययनका अनुसार बिरालाहरु आफ्नो मालिकको आवाज चिन्दछन्, तर त्यसलाई वास्ता गर्दैनन् ।(प्राचीन मिश्रबासी आफ्नो बिरालोको मृत्युपछि शोक मनाउन आफ्नो आँखीभौँ खौरिने गर्दथे ।(जापानमा कालो बिरालोलाई शुभलक्षणको प्रतीक मानिन्छ, जबकि अन्यत्र यसलाई अशुभ मान्ने गरिन्छ।(मानिसका लागि औँलाछापजस्तै बिरालाको नाक फरकफरक हुने गर्दछ।(एउटी डस्टी नाम गरेकी छाउरीले आफ्नोे जीन्दगीभरीमा ४२० बच्चाहरुलाई जन्म दिई, जुन विश्व रेकर्ड हो ।(क्लोन गरिएको पहिलो बिरालोको नाम सि।सि, अर्थात् ‘कार्बन कपी’ राखिएको थियो ।(अमेरिकाको प्रायः सबै राज्यहरुमा बिरालोको नंग्रा काट्न पाइन्छ । तर जर्मनी, फिनल्याण्ड, अष्ट्रेलिया, (स्वीट्जरल्याण्डजस्ता मुलूकहरुमा नंग्रा काट्नु गैह्रकानूनी काम हो ।

 

 

(सन् १९६३ मा बिरालो प्रजातिबाट फेलिसिटी नाम गरेको बिरालो पहिलो पटक अन्तरीक्षमा पुगेको थियो ।(संसारमा बिरालोको कारण अन्य थुप्रै प्रजातिका जन्तुहरु लोप भएको विश्वास गरिन्छ ।(अनुसन्धानहरुबाट पत्ता लगाइएअनुसार अरु जनावरले जस्तो घरपालुवा बिरालाहरुले कहिल्यै माफी दिदैँनन् र दुश्मनीपछि मेलमिलापको सम्भावना रहदैँन ।(बिरालाहरु आफ्नो पञ्जाबाट पसीना निकाल्छन् ।

 

(बिरालाहरु आफ्नो नाकको सीधा तल देख्न सक्दैनन् तर मानिसहरुजस्तै सपना देख्न सक्दछन् ।(सबैभन्दा मोटो बिरालोलाई दिइने गिनिज विश्व रेकर्ड बन्द गरिएको थियो । बिरालोहरुलाई ज्यादा खुवाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सो कदम चालिएको थियो ।

 

(बिरालोलाई नुनिलो पानीमा पाइने एकप्रकारको माछा टुनाको लत बस्न सक्छ । त्यसो भएमा बिरालोहरु अन्य कुनै पनि (खानेकुरा

 

 

खान मान्दैनन्। त्यस्ता बिरालोहरुलाई ‘टुना जन्कीज्’ भन्ने गरिन्छ ।(बिरालोको डिएनएको ९५।६ प्रतिशत हिस्सा बाघको डिएनएसँग मिल्दछ ।(एउटा बिरालोले ‘अनसिन्केबल साम’ उपनाम पाएको थियो। दोस्रो विश्वयुद्धको समयमा तीन फरकफरक पानीजहाज (दुर्घटनापछि पनि उक्त बिरालो बाँच्न सफल भएको थियो ।(इटलीमा एउटा बिरालोले आफ्नो मालिकबाट एक करोड तीस लाख अमेरीकी डलरबराबरको धनराशी अंशमा पाएको थियो । एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय