मेष– नयाँ काम प्रारम्भ हुनेछ । साथी भाइको सहयोगमा व्यापार व्यवसायमा लाभ मिल्नेछ । धन सम्पतिको जोहो हुने तर विद्यामा भने कमजोर योग रहेको छ । साताको मध्यमा भने अनावश्यक खर्च बढ्ने एवं सर सामान नोक्सानी हुन सक्नेछ । काममा व्यवधान आउनाले लागत बढ्नेछ । साताको अन्त्यमा भने भ्रमणको योग बन्ने, पारिवारिक भेटघाट रहने एवं अधुरा काम शुरु हुने देखिन्छ ।

वृष– मानसम्मानमा वृद्धि हुने तथा राजनीतिक क्षेत्रबाट अवसरको बाटो देखिने एवं सामाजिक काममा पहिचान मिल्नेछ । साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवं सोचेको कुरामा फल प्राप्ति हुनेछ । साताको अन्त्यमा भने व्यर्थ परिश्रम हुने एवं अरुको लागि समय खर्च हुनेछ ।
मिथुन– भाग्यले राम्रै साथ दिनेछ । गरेको काममा प्रतिफल राम्रो आउनाले प्रशंसा मिल्नेछ । साताको मध्यमा भने सरकारी क्षेत्रमा पहुँच बढ्ने एवं ठूलाबडाको साथ राम्रै मिल्नेछ । शारिरिक चोटपटकको भय एवं परिवारमा खटपट हुन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायमा सफलता, काममा प्रगति एवं साथी भाइको सहयोगले विशेष काम बन्नेछ ।
कर्कट– स्वास्थ्यमा तलमाथि हुनेछ । काममा अपजस मिल्नाले अशान्तिको भय रहनेछ । साताको मध्यमा भने वैदेशिक यात्रामा सफलता, धार्मिक यात्रा हुने एवम सामाजिक क्षेत्रमा योगदान रहनेछ । यात्रामा सामान्य चोटपटक एवम अनावश्यक खर्च आइपर्ने देखिन्छ । साताको अन्त्यमा भने रोजगारको बाटो खुल्ने एवम प्रशन्नता बढ्नेछ ।
सिंह– पारिवारिक भेटघाट रहनेछ । दाम्पत्य जीवनमा खुशीयाली बढ्ने एवं प्रेममा प्रगति हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने एवम अचानक काम रोकिनेछ । गुप्त शत्रुको भय रहनेछ । साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवं ठुलाबडाको साथ मिल्नेछ । वैदेशिक क्षेत्रबाट लाभ एवं काममा प्रगति हुनेछ ।
कन्या– खेलकुद एवं प्रतिस्पर्धामा राम्रै योग रहन्छ । स्वास्थ्यमा सुधार आउनाले खर्च कम हुनेछ । साताको मध्यमा भने व्यवसायिक यात्रा हुने एवं आफन्तजन भेटघाट रहनेछ । यात्राको सुख मिल्ने एवम नयाँ साथी भेट हुनेछ । साताको अन्त्यमा भने काममा अपजस मिल्ने, नजिकबाट धोका तथा मनमा अशान्ति बढ्नाले काम अधुरो रहनेछ ।
तुला– अध्ययनमा प्रगति देखिन्छ । वौद्धिक विकास हुने तथा कला संगीतमा रुचि जानेछ । मातृपक्षबाट सहयोग एवं सन्तानले खुशी दिनेछन् । मुद्दामामिला किनारा लाग्ने तथा विरोधीहरुको भय हट्नेछ । स्वास्थ्यमा प्रगति हुनाले यात्राको योग बन्नेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप एवम वैदेशिक यात्राको योग बन्नेछ ।
वृश्चिक– घरायसी समस्यामा अल्झिनुपर्नेछ । सरसल्लाह नमिल्नाले आँटेको काममा बाधा आउनेछ । साताको मध्यमा भने आम्दानी राम्रो हुने, सोचेको कुरामा लाभ हुने एवं मनोरञ्जनमा दिन बित्नेछ । साताको अन्त्यमा भने खेलकुद तथा प्रतिस्पर्धामा प्रतिष्ठा कायम हुनेछ । सहयोगीको सहयोगले बेलैमा आँटेको काम पूरा हुनेछ ।
धनु– दौडधुप एवं व्यस्तता बढ्नेछ । सानो यात्राको योग पर्नाले व्यक्तिगत काम रोकिनेछ । साताको मध्यमा भने आफन्तसँग झैझमेला एवं स्त्रीपक्षसँग मनमुटाव रहनेछ । अशान्ति एवम तनाव बढ्नाले स्वास्थ्यमा गडबड हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं व्यवसायमा प्रगति मिल्नेछ । कला क्षमताको कदम मिल्नाले प्रशंसाको पात्र भइनेछ ।
मकर– धन सम्पतिको कारोबार बढ्नेछ । कुटुम्ब भेटघाट एवम सहयोग मिल्नाले व्यवसायमा राहत हुनेछ । मिष्ठान्न भोजनको योग एवम भोज भतेरमा सहभागी भइनेछ । नयाँ ठाउँको भ्रमण एवम काममा जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा भने जग्गा जमिनको विवाद एवम पैतृक धनसम्पतिमा किचलो तथा आफ्नैसँग मनमुटाव रहनेछ ।
कुम्भ– प्रशन्नता एवं खुशीयाली बढन्ेछ । साथी भाइ भेटघाटमा रमाइलो हुनेछ । मनोरञ्जनमा खर्च बढ्नाले सञ्चित धन कम हुनेछ । सामाजिक प्रतिष्ठामा भने वृद्धि हुने तथा धनसम्पतिको सहयोग मिल्नेछ । आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । सन्ततिको स्वास्थ्यमा भने समस्या एवं पेटको गडबडी हुुनेछ । साताको अन्त्यमा भने यात्राको तय हुने एवम नयाँ मित्रसँग पहिचान बढ्नेछ ।
मीन– शारिरिक अस्वस्थ्ता बढ्नेछ । हृदय सम्बन्धि रोग एवम पेटको समस्याले सताउनेछ । घरका ज्येष्ठ सदस्यमा स्वास्थ्य बाधा आइपर्नेछ । काममा आलोचना मिल्नाले तनाव बढ्न सक्नेछ । साताको मध्यमा भने धार्मिक रुचि बढ्ने एवं ठूलाबडाको सहयोग मिल्नेछ । पियजनसँग भेटघाट एवं मिठो भोजनको सुख मिल्नेछ । नयाँ बस्तुको उपभोग एवं धनसम्पतिको कारोबारमा सन्तुष्टि मिल्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी



