आजको- पञ्चाङ्ग: वि.सं. २०७५ साल पुस ११ गते,बुधबार,इश्वी सन् २०१८ डिसेम्बर २६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– चतुर्थी, १५:३० बजेउप्रान्त पञ्चमी,नक्षत्र– अश्लेषा, १८:३९ बजेउप्रान्त मघा,योग– विष्कम्भ, २३:२८ बजेउप्रान्त प्रीति,करण– वालव, १५:३० बजेदेखि कौलव, २६:१९ बजेउप्रान्त तैतिल,आनन्दादिमा राक्षस योग,चन्द्रराशि– कर्कट, १८:३९ बजेउप्रान्त सिंह, सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २५ घडी ५० पला।

भोलिको- पञ्चाङ्ग: वि.सं. २०७५ साल पुस १२ गते,बिहीबार,इश्वी सन् २०१८ डिसेम्बर २७ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– पञ्चमी, १३:०९ बजेउप्रान्त षष्ठी, नक्षत्र– मघा, १७:०० बजेउप्रान्त पूर्वफाल्गुनी,योग– प्रीति, २०:२१ बजेउप्रान्त आयुष्मान्, करण– तैतिल, १३:०९ बजेदेखि गर, २४:०१ बजेउप्रान्त वणिज,आनन्दादिमा मुसल योग, चन्द्रराशि– सिंह,सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २५ घडी ५१ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, भाग्यले नसोचेको फाइदा समेत दिलाउन सक्छ,चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सजिलै काम बन्नाले उत्साह जाग्नेछ,सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ,एउटै कामबाट दोहोरो लाभ मिल्नेछ,गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,आजको शुभ अंक २ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
शोख पूरा गर्नमा खर्च हुनेछ,तापनि, मौकाको फाइदा लिन सकिनेछ,शत्रु र रोगबाट छुटकारा मिल्नेछ,मुद्दा–मामिलामा विजयी भइएला,घरमा मंगलमय कार्य सम्पादन हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वारीमा समेत सावधानी अपनाउनुपर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ,नजिकका साथीभाइ टाढिनेछन्,आजको शुभ अंक १० रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा मातापिताको सहयोग प्राप्त होला,फजुल खर्च बढ्न सक्छ, सचेत रहनुहोला,गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,सजग रहनुहोला,आजको शुभ अंक १ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
केही दण्ड–जरिवाना पनि सम्भावना छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,दाम, नाम, इनाम हात पर्ने बेला छ,श्रमको उचित मूल्यांंकन होला,पढाइमा पनि राम्रै प्रगति हुनेछ,आजको शुभ अंक ४ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,प्रतिष्ठित काम गर्ने मौका छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ, धैर्यले काम लिने समय छ,छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काममा लगानी बढाउन सकिनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ,आजको शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आम्दानी पनि राम्रै हुनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, आजको शुभ अंक ११ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भूमि तथा मातृधनबाट लाभ लिने समय छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्, परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,आजको शुभ अंक १० रहेको छ।



