पुरुषहरुले महिलाले जस्तो सुन्दरतामा ध्यान दिंदैनन् तर बिबाह अघि पुरुषहरु आफ्नो शारिरिक सुन्दरता र व्यक्तित्व कसरी आकर्षक बनाउने भनेर धेरै चिन्तित हुन्छन् । तर,आफ्नो खानामा केही मा केही थप चिज सामेल गरेमा पुरुषहरुले विवाह अगाडी आफ्नो शारिरिक सुन्दरतामा निखार ल्याउन सक्छन् । के हुन त ति १२ खानेकुराः

१. बदाम, ओखर,काजु लगाएतका ड्राइफ्रुट्स : यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले दिमाग रिल्याक्स राख्न मद्दत गर्छ । साथै यसमा पाइने भिटामिन इ ले लुक्स आकर्षक बनाउन मद्दत गर्छ । नास्तामा एक मुठ्ठी यी खानेकुरा खानुहोस ।

२. केशर मिसाइएको दुध : यसमा सेफ्रनल हुन्छ जसले अनुहारको रंग निखार्छ । यसको साथै केशरवाला दुध पिउनाले कमजोरी हट्छ । नास्ताको साथमा लिनुहोला

३. मेवा : यसमा हुने पपाइनले गोरोपना बढाउन मद्दत गर्दछ । यसलाइ फलफुल चाटको रुपमा खान सकिन्छ ।

४. नरिवल पानी: यसमा इलेक्टोलाइट्स हुन्छ जसले अनुहारको रंग निखार्न मद्दत गर्दछ । दिनमा एकचोटी नरिवल पानी पिउनुहोस ।

५. कालो चिया: यसमा पोलिफेनोल्स हुन्छ जसले कपालको चमक बढ्दछ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउछ । दिनमा दुई पटक कालो चिया पिउनुहोस ।

६. स्याउ: यसमा फाइबरको मात्रा अत्याधिक हुन्छ जसले धेरै बेर सम्म भोक लाग्दैन । यसले तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ । सधैं नास्तामा स्याउ पनि लिनुहोस ।

७. कांक्रो: यसमा पानीको मात्रा धेरै हुन्छ जसले छाला सुख्खा हुन दिंदैन र अनुहारको चमक बढ्छ । संधै कांक्रो वा यसको जुस पिउनुहोस ।

८. ओट्स: यसमा फाइबर हुन्छ जसले शरिरको टक्सिनहरु हटाँउछ र छाला नरम र चम्किलो हुन्छ । सधैं नास्तामा एक कचौरा ओट्स खानुहोस ।

९. भट्मास: यसमा आइसोफ्लेवन्स हुन्छ जसले छालामा निखार ल्याउछ र कपाल बढ्न सहयोग गर्छ ।  सोया मिल्क पिउनुहोस या तोफुलाइ आफ्नो खानामा समावेश गर्नुहोस ।

१०. दाल: यसमा आइरन तथा जिंक हुन्छ जसले कपाल कालो र बाक्लो हुन्छ । दिनमा एक कचौरा दाल खानुहोस । यसलाइ उमारेर पनि खान सक्नुहुन्छ ।

११. अण्डा: यसमा पाइने ल्युटिनले छाला नरम राख्न मद्दत गर्छ । दिनको दुईवटा अण्डा उसिनेर खानुहोस ।

१२. माछा: यसमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ जसले कपाल कालो र बाक्लो बनाँउछ । तारेर वा सेकाएर माछा खानुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय