आजको- पञ्चाङ्ग: वि.सं. २०७६ असार १५,आइतबार, इ.स. २०१९ जुन ३०,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, त्रयोदशी, २७:२८ उप्रान्त चतुर्दशी,नक्षत्र– कृत्तिका, ८:४७ बजेउप्रान्त रोहिणी, योग– शूल, १९:४० बजेउप्रान्त गण्ड, करण– गर, १५:४८ बजेदेखि वणिज, २७:२८ बजेउप्रान्त भद्रा, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– वृष,सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। प्रदाेष व्रत। दहीचिउरा खाने सांस्कृतिक दिवस।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आम्दानी प्रशस्तै बढ्नेछ, विभिन्न भौतिक साधन जुट्नेछन्, धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,कामको बोझ थपिनाले बढी जिम्मेवारी वहन गर्नुपर्ला,साथ दिने सहयोगी भेटिनेछन्,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – गुरुजनको साथ पाइनुका साथै बौद्धिक कार्यमा सफलता मिल्नेछ, बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,रचनात्मक काम सुरु गर्ने मौका छ,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- शत्रुहरू किनारा लाग्नेछन्,स्वास्थ्यमा पेटसम्बन्धी समस्याले सताउन सक्छ,दाम,नाम र प्रतिष्ठा कमाउने बेला छ,रमाइलो भ्रमण सम्भावना छ,व्यावसायिक यात्रा सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ, अधुरा काम सम्पादन गर्न सकिनेछ, स्वास्थ्य कमजोर बन्ने र काममा चुनौती आइलाग्ने समय छ,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,गोपनीयतामा ध्यान दिनुहोला,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,आजको शुभ अंक ११ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ,आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पेटको खराबीले अलि सताउला,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)- धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला, प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,पढाइलेखाइमा प्रगति होला,आजको शुभ अंक ७ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – रचनात्मक काम सुरु गर्ने मौका छ,हिम्मत बढ्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छसुखद समाचारले अझ उत्साह बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,व्यावसायिक यात्रा सम्भावना छ,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – नयाँ ज्ञान सिक्ने मौका छ,महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुन सक्छ,सचेत रहनुहोला,गरेका कामको राम्रो मूल्यांकन हुनेछ,दीर्घकालीन योजना बन्नेछन्,आजको शुभ अंक १ रहेको छ । दिब्य ज्योति बाट साभार गरिएको



