काठमाडौं, ११ असोज । स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले आफूसँग गरेका सहमति कार्यान्वयनमा सरकार उदासीन बनेको भन्दै सोमबारदेखि नवौं अनसन सुरु गरेका छन् ।
सहमति कार्यान्वयनका लागि सरकारलाई दिएको १ साताको समयसीमा सकिएको भन्दै उनले अनशन सुरु गरेका आजको कान्तिपुरमा खबर छ ।
सरकारसमक्ष पेस गरिएका सुझावअनुसार संशोधन गरेर चिकित्सा शिक्षा ऐन संसद्को जारी अधिवेशनबाटै पारित गर्नुपर्ने उनको माग छ ।
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोग लगाउने प्रक्रिया थाल्न पनि उनले माग गरेका छन् ।
मुलुकमा हाल अराजकता दण्डहीनता संस्थागत भएकाले सुशासन स्थापित गर्न आफूले सत्याग्रह थालेको उनले बतए । ‘सरकारलाई बारम्बार सहमति कार्यान्वयन गर्न समय दियौं, सम्झायौं, घचघच्यायौं तर उहाँहरु उदासीन देखिएपछि बाध्य भएर सत्याग्रह गनुप¥यो,’डा. केसीले भने, ‘यसबीचको समयमा हाम्रो मागसँग सम्बन्धित केही सकारात्मक काम भएपनि सार्थक उपलब्धिपूर्ण हुन सकेन ।’



