किन आउँदैन त रातमा निन्द्रा ?
निन्द्रा नआउने धेरै कारणहरु हुन सक्छन् । जस्तैः चिन्ता, तनाव, निराशा, रोजगारसँग जोडिएका समस्या, मानसिक र भावनात्मक असुरक्षा वा अन्य कुनै कारणले मानिसलाई राती निन्द्रा आउँदैन । यसबाहेक समयमै नसुत्ने, चिया वा कफी धेरै पिउने, कुनै समस्या वा बिरामी, ढिलो खाना खाने वा भोकै सुत्ने, ढिलोसम्म टिभी इन्टरनेट वा मोबाईल फोनमा व्यस्त हुने, दिनभर कुनै काम नगर्ने आदी कारणले पनि मानिसलाई निन्द्रा लाग्दैन ।
सजिलै सँग निदाउन के गर्ने ?
-जसलाई दिनमा बारम्बार चिया वा कफि पिउने बानी छ उनीहरु राती छिटै सुत्न सक्दैनन् । चिया वा कफीमा पाइने क्याफिनले निन्द्रामा बाधा उत्पन्न गर्छ । यसैले खास गरि सुत्नभन्दा पहिले यसको सेवन गर्नुहुँदैन । -यदि कुनै कुरालाई लिएर तनावमा हुनुहुन्छ भने कुनै निर्णय गर्न सक्नुहुँदैन भने पनि निन्द्रा डिस्टर्ब हुन्छ । यस्तोमा तपाईंले त्यसबारेमा सोच्न छोड्नुपर्छ । राम्रो र गहिरो निन्द्राको लागि दिमाग शान्त रहनपर्छ । -सुत्ने प्रयास गरिरहनुभएको छ तर, निन्द्रा आइरहेको छैन भने उठेर थोरै बेर टिभी हेर्नुहोस्, कुनै मनपर्ने पुस्तक पढ्नुहोस् वा मधुर संगीत सुन्नुहोस् यसले तपाइर्ंलाई निदाउन सहयोग गर्छ। -सुत्न भन्दा पहिले थोरै बेर आफ्नो दिमागलाई कुनै विशेष चीजमा केन्द्रित गर्नुहोस् । यसले मनको चञ्चलता कम हुन्छ र तपाईंलाई राम्रो निन्द्रा आउँछ।
–दिउँसो नसुतेमा पनि रातमा गहिरो निन्द्रा आउँछ।
–राती सुत्नभन्दा पहिले थोरै बेर यताउता हिँड्नुहोस् । यसले पाचनप्रक्रिया पनि सहि हुन्छ र निन्द्रा पनि आरामले आँउछ । बेलुकी सादा खाना खानुहोस्। -खाना खानसाथ नसुत्नुहोस अर्थात सुत्नभन्दा ३ घन्टा पहिले भोजन गर्नुहोस्। -सुत्नभन्दा पहिले नुहाउनुभयो भने पनि तपाईंलाई गहिरो निन्द्रा आउँछ। -सुत्ने र उठ्ने निश्चित समय तय गर्नुहोस् दैनिक एकै समयमा सुत्नाले निन्द्रा गहिरो आउँछ। -सुत्ने समयमा सँधै सजिलो कपडा लगाउनुहोस्। -कोठाको तापक्रम न त धेरै चिसो न धेरै गर्मी बनाउनुहोस् । होइन भने बारम्बार निन्द्रा टुट्छ। -राती सुत्नभन्दा पहिले मनतातो दुधमा बेसार मिसाएर पिउनाले पनि राम्रो निन्द्रा आउँछ। -दिनभर अफिसमा बसेर काम गर्दा कम्मर दुख्ने, ढाड दुख्ने, हाडजोर्नी दुख्ने हुन सक्छ यसैले नियमित व्यायाम गर्नुहोस्। व्यायाम गरेमा दुखाई पनि कम हुन्छ र निन्द्रा पनि गहिरो आउँछ।



