बिष्णुप्रसाद पोखरेल

अहिले नेपालको प्रमुख समस्याको रुपमा आत्महत्या बनेको छ । त्यसमा पनि पूवी नेपालको झापा र इलाममा त दिनहु जसो आत्महत्याका घटना हुन थालेकाछन् । मेची अञ्चलको तीन बर्षको तथ्याङ्कलाइ आधार बनाउने हो भने मेची अञ्चलमा दैनिक एकजनाले आत्महत्या गरेको पाइन्छ । यो दूर्घटनाले ज्यान जाने संख्या भन्दा बढि हो ।

अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपि पिताम्बर अधिकारीले मेची अञ्चलमा आएर जिम्मेवारी सम्मालेपछि एउटा नयाँ कामको थालनी गरेको पाईएको छ । जून आत्महत्या न्यूनिकरणका लागि अभियान शुरु भएको छ । यहाँ सरोकारवाला निकाय र सम्बन्धित क्षेत्रका बिज्ञसम्मलाइ पनि अघि समावेश गरिएको छ । यो एउटा महत्वपूर्ण अभियान हो ।

अधिकारीले आत्महत्या भएका घटनाहरुलाइ समान्य रुपमा नलिन र सबै घटनाको सुक्ष्म अध्ययन गर्नका लागि मातहतका प्रहरी कार्यालयलाइ निर्देशन मात्र दिएकाछैनन् प्रत्येक नगरपालिका र गाँउपालिकामा कार्यक्रम राख्न पनि भनेकाछन् । अहिलेसम्म जति प्रहरी प्रमुख आएपनि यसरी यस बिषयलाइ गम्भिरताका साथ लिएको पाइएका थिएन जून गम्भिरता अधिकारीले लिएर अभियान शुरु गरेकाछन् यो आवश्यकता रहेको थियो ।

आत्महत्याबाट मान्छेलाइ बचाउन सकिदैन भन्ने गलत धारणालाइ समाजबाट बिस्थापित गरेर आत्महत्या गर्न खोजेका र जोखिम रहेकाहरुलाई बचाउनका लागि अभियानको परिकल्पना गरिएको अधिकारीले बताए । आफ्नो योजना र अभियानको बिषयलाइ झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गम्भिरताका साथ लिएर तत्काल शुरु गर्नु पर्ने बताएपछि यसले मूर्त रुपमा पाएको अधिकारी बताए ।  प्रजिअ खत्रिले दमकमा भएको कार्यक्रममा खुलेर नै अधिकारीको प्रशंशा गर्दै यो अभियान पहिलो पटक यसरी यहाँ चल्नु आत्महत्या न्यूनिकरणका लागि राम्रो कदम भएको टिप्पणि गरे ।

अञ्चल प्रहरी प्रमुख अधिकारीका अनुसार पूर्वाञ्चलमा विगत ३ बर्षको अवधिमा २९ सय १६ जनाले आत्महत्या गरेको पाईएको छ भने मेची अञ्चलमामात्र १ हजार १२ जना रहेका छन् । यसमा पनि झापामा सबैभन्दा बढि आत्महत्या गरेको पाईएको छ । झापा जिल्लामा मात्र ६ सय १६ जनाले आत्महत्या गरेकाछन् । यसैगरि यो अवधिमा इलाममा २४९ जना, पाँचथरमा ९१ जना र ताप्लेजुङमा ५६ जनाले आत्महत्या गरेको देखिन्छ ।

आत्महत्या गर्नेमा पुरुषभन्दा बढि महिलाहरु रहेकाछन् । अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक पिताम्बर अधिकारीका अनुसार ५८ प्रतिशत महिला ४२ प्रतिशत पुरुषहरुले आत्महत्या गरेको पाइएको छ । आत्महत्या गर्ने उमेर समुहमा सबैभन्दा बढि २६ देखि ४० बर्ष उमेर समुहका रहेकाछन् । आत्महत्या गरेकाहरुमा यो उमेर समुहका ३३ प्रतिश रहेकाछन् । त्यसपछि ४१ देखि ६० उमेर समुहका २५ प्रतिशतले आत्महत्या गरेको पाईएको छ ।

साधरण लेखपढ तथा निरक्षहरुले बढि आत्महत्या गरेको आत्महत्या सम्बन्धितको सुक्ष्म अध्यनले देखाएको छ । आत्महत्या गरेकाहरुमा साधरणलेखपढ गर्ने ६२ प्रतिशत, एसएलसिसम्म अध्ययन गरेका २५ प्रतिशत, उच्च माबि अध्ययन गर्ने १२ प्रतिशत र त्यो भन्दा माथि अध्ययन गरेका १ प्रतिशत रहेको पाइएको छ । बैवाहिक सम्बन्धको आधारमा भएको अध्ययनमा बिवाहितहरु नै बढि रहेकाछन् ।

तीन बर्षको अवधिमा आत्महत्या गर्नेहरुमा ५९ प्रतिशत विवाहित, २२ प्रतिशत अविवाहित, ९ प्रतिशत बिधुवा, ७ प्रतिशत बिदुर र सम्बन्ध बिच्छेद गरेका ३ प्रतिशत रहेकाछन् । पेशाका आधारमा गरिएको अध्ययनमा ७३ प्रतिशत कृषिमा आश्रितहरु, ६ प्रतिशत जागिरे र अन्य ३१ प्रतिशत रहेको पाइएको छ । ३ बर्षको अवधिमा ५९ प्रतिशतले झुण्डिएर, ३० प्रतिशतले बिष सेवन गरेर, ९ प्रतिशतले खोलामा हाम फालेर र बाँकी बिभिन्न औजार प्रयोग गरेर आत्महत्या गरेको पाइएकोे छ ।

यो डाटा सहित अभियानको बिषयमा जानकारी गराएपछि अभियानमा सहभागिहरुले भनेकाछन् वाह प्रहरी प्रमुख ज्यू तपाइको अभियान राम्रो छ र साथ दिन्छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah