काठमाडौं, ११ असोज । चिनियाँ कम्पनीद्वारा प्रवद्र्धित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको छ ।
२५/२५ मेगावाटका दुई टर्बाइन भएको आयोजनाले पहिलो युनिटबाट उत्पादित २५ मेगावाट बिजुली सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आजको कान्तिपुरमा खबर छ ।
दुई नम्बर युनिटबाट उत्पादन हुने थप २५ मेगावाट बिजुली ३ महिनापछि व्यवसायिक रुपमा प्रसारण लाइनमा जोडिने आयोजनाले जनएको छ । सोमबार उद्घाटन कार्यक्रममा दुवै टर्बाइनबाट उत्पादन गरिएको थियोे ।
आयोजनाबाट वार्षिक ३.१७ गिगावाट विद्युत उत्पादन हुनेछ । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको इतवन कोई समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत गरी आयोजनाले करिब १६ अर्ब रुपैयाँ लगानी गरेको छ ।



