चितवन, ११ असोज । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बनेका  पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन् ।

आइतबार साँझ अबेर उनी चढेको गाडी त्रिशूली नदीमा खसेर उनीहरु वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उनीहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी समेत घटनास्थल आइपुगेका थिए ।

चितवन र छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका जिल्लास्थित प्रमुख पनि घोप्टेभिर पुगेर उनको खोजीका लागि सहयोग गरिरहेका छन् ।

सोमबार बिहान घटनास्थल घोप्टेभिरमा बिलौना गरिरहेकी दीपा आचार्य घिमिरेसँगै मुक्तिनाथ यात्राको एक जना सहयात्री छन् । दीपाका बुबाका मामाको छोरा (ठूलोबुबा) घिमिरे परिवारसँगै आचार्य पनि असोज ५ गते काठमाडौँबाट मुक्तिनाथ यात्रामा गएका  थिए ।

आचार्यले भने ‘बिहान ७ बजे हामी काठमाडौँबाट हिँडेका थियौँ । गाडीमा माधवप्रसाद घिमिरे, उनका आफ्नै भाइ प्रकाश, काकाको छोरा मोहन, नाताले काका पर्ने नारायणप्रसाद काफ्ले र चालकसहित दुई सुरक्षाकर्मी टोलीमा रहेका थिए ।’ असोज ५ गते राति बेनीमा बास बसी यात्रा तय गरेको बताउँदै आचार्यले भने  ‘असोज ६ गते जोमसोममा बसियो । असोज ७ गते त्यहीँबाट कागबेनीमा गएर श्राद्ध गरी साँझ फेरि जोमसोममा नै बसियो ।’ उनले अगाडि भने ‘असोज ८ गते बिहान जोमसोमबाट हिँडियो, म बेनीमा झरेँ, उहाँहरु बागलुङकालिका दर्शन गरी पोखरा गएर बस्नुभयो । असोज ७ गते घिमिरेले र असोज ८ गते काफ्लेले श्राद्ध गर्नुभएको थियो । आचार्यका पिता यादव आचार्य म्याग्दी जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।’

असोज ९ गते बिहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटसँगै बिहानको खाना खाएर उनीहरु हिँडेका हुन् ।

घटनास्थलमा आइपुगेका  रानाभाटले भने ‘हामीसँगै लेकसाइडको मोनालिसा रेस्टुराँमा खाना खाएर बिहान ११ः१५ बजे उहाँहरु पोखराबाट हिँड्नु भएको हो ।’ उनीहरुले दिउँसो विमलनगरमा चियाखाजा खाएको समेत रानाभाटले बताए । दिउँसो २ः३० बजे फोन गर्दा उनीहरु विमलनगर भएको बताउँदै रानाभाटले यो घटना सुन्दा आफूलाई सपना जस्तो लागेको बताए।

घटनास्थलमा निकै दुखित देखिएका  यादव आचार्य मुक्तिनाथ यात्रा क्रममा उनीहरुसँगै थिए । आचार्य माधव घिमिरेका फूपूका छोरा भाइ हुन् । ‘साँझ ५ बजे मैले दाइलाई फोन गरेँ, धेरैबेरपछि सुरक्षाकर्मीले फोन उठाए, हामी आत्तिएर आइपुग्यौँ । अहिले पनि घटना सपना जस्तै लाग्छ,’ उनले भने । उनका अनुसार माधव घिमिरे र भाइ प्रकाश वनस्थलीमा बस्छन् । अन्दाजी ४८ वर्षीय प्रकाश खेलकुद परिषद्का कर्मचारी हुन् ।

त्यस्तै, काकाका छोरा अन्दाजी ५० वर्षीय मोहन पनि वनस्थलीमै बस्छन् । उनी नेपाल टेलिकमका कर्मचारी भएको आचार्यले बताए। अन्दाजी ६५ वर्षीय नारायण काफ्ले राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारी हुन् । उनको बसाइ कात्यायनी, बानेश्वरमा छ । प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की सिन्धुलीका हुन्  ।

आचार्यका अनुसार पूर्व गृहमन्त्री एवम् मुख्यसचिव घिमिरेकी श्रीमती कमला र बुहारी आकांक्षा काठमाडौँकै घरमा छन् भने छोरा सुशान्त अस्ट्रेलियाबाट आउँदै छन् । छोरी सृष्टि पाल्पा मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत छन् ।

घटनास्थलमै भेटिएका घिमिरेका काकाका छोरा धनेन्द्र घिमिरेले घटनास्थल निरीक्षण गर्न आएका मन्त्री रमेश लेखकसँग यही ढङ्गबाट खोजी गर्दा पत्ता लाग्न नसक्ने भन्दै थप स्रोत र साधनको प्रयोग गर्न आग्रह गरे ।

पानीभित्र पसेर बेपत्ताको खोजी गर्नसक्ने अत्याधुनिक उपकरण हुनसके उनीहरुलाई पत्ता लगाउन सकिने घिमिरेले बताएका  थिए । सो क्रममा मन्त्री लेखकले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल टेलिफोन सम्पर्क गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउने आश्वासन दिएका  थिए। त्यसलगत्तै उनले प्रधानमन्त्रीलाई फोन समेत गरेका थिए ।

घटनास्थलमा उनको गृहजिल्ला पाल्पासहित देशभर छरिएर रहेका आफन्त कुरिनटार आइपुगेका छन् भने उनकै समयदेखि सरकारी सेवामा रहेका पनि आउनेक्रम जारी छ । घटनास्थलमा उनको झोला र मोबाइल फेला परेको छ । घिमिरेका तीनभाइ नदीमा बेपत्ता छन् भने आमा, काका काफ्ले, सशस्त्र प्रहरीका नायब निरीक्षक कार्कीको मृत्यु भएको छ । चालक नेपाल प्रहरीको हवल्दार विष्णु राई घाइते छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah