भारतको मध्यप्रदेशमा उज्जेनको जिल्ला अस्पतालमा एक सिभिल सर्जनलाई सहकर्मी नर्स मानिएकी एक महिलालाई चुम्बन गरेको मामलामा पदबाट बर्खास्त गरिएको छ ।

ती सिभिल सर्जन र नर्सको चुम्बन गरिरहेको भिडियो सोसल मिडियामा भाइरल भएपछि उनीहरुलाई पदबाट हटाइनुपर्ने माग अत्यधिक बढेको बताइन्छ । यसमा तत्काल कारवाही गर्दै उज्जेन जिल्लाका ‘कलेक्टर’ ले डाक्टरलाई पदबाट बर्खास्त गरेका छन् ।

‘मैले उनलाई जिल्ला अस्पतालको सिभिल सर्जनको पदबाट हटाएको छु,’ कलेक्टर ससाङ्क मिश्राले पिटिआईलाई जानकारी दिए ।

ती सिभिल सर्जनको सट्टामा डा. पिएन वर्मालाई नियुक्त गरिएको उनले जानकारी दिए ।

भिडियोको अनुसन्धान गरिनेः

अपरेशन थिएटरमा चुम्बन गरेको घटना सार्वजनिक भएपछि जिल्लाका मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले घटनालाई निकै गम्भीरतापूर्वक लिएको र यसको अनुसन्धानको आदेश दिइएको जानकारी दिए ।

भिडियोमा देखिएकी महिला नर्स हुन्ः

जिल्ला स्वास्थ्य अधिकारी डा. मोहन मालवीयले भिडियोमा देखिएकी महिला अस्पतालकी नर्स भएको र उक्त चुम्बन अपरेशन थिएटरभित्र गरिएको उनले बताए । महिलासँग सोधपुछ भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah