काठमाडौं – बेलायतको डेभोनमा रहेको प्लाइमाउथमा एक व्यक्तिले डाइनोसरको परिधान लगाएर भागेको भिडियो कारको ड्याशक्यामले खिचेको छ । ३० सेकेन्डको क्लिपमा प्रागैतिहासिक जनावरको लुगा लगाएर ती व्यक्ति कुदिरहेका देखिन्छन् । चार्ल्स क्रस प्रहरी टोलीले यस रमाइलो क्षणको भिडियो ट्वीट गर्यो ।
डाइनोसर किन सडकमा कुदिरहेको थियो भन्ने थाहा हुन सकेको छैन तर प्रहरीले उसलाई पक्राउ गर्न सफल भएको थियो । डेभोन प्रहरीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
एजेन्सी



