बहुप्रतिभाका धनी विश्वचर्चित नाम हो । पूर्व व्यवसायिक बास्केटबल खेलाडी केली गायक, गीतकार, रेकर्ड निर्माता पनि हुन् । आर एन्ड बी र हिपहपलाई नयाँ परिचय दिलाउने श्रेय उनैलाई जान्छ । तर, तिनै रोबर्ट सिल्भेस्टर केली साना उमेरका केटीहरुसँग शारीरिक सम्बन्ध राख्थे । सम्बन्धको भिडियो टेप पनि बनाउँथे । केही टेप उनले हराए । ती टेप जोसँग पुग्यो तिनलाई मोटो रकम दिएर फिर्ता गर्थे । सबै कपी फिर्ता गरेको हो होइन भनी पोलिग्राफ परीक्षण पनि गर्थे । सत्य बोलेको हो होइन परीक्षण गरेपछि मात्र सबै रकम दिन्थे ।
यो पनि पढ्नुहोस्

अहिले केलीमाथि उल्लेखित आरोप लागेको छ । विगतमा बनाएको भिडियो टेप जसको हातमा पुग्छ त्योबाट फर्काउन सन् २००१ देखि हजारौं डलर खर्च गरेको अभियोग लागेको छ । भिडियो बनाउने लतले उनलाई कतिपय भिडियो टेप चोरहरुको दुहुनो भैंसी बनायो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ५२ वर्षीय केलीले न्यूयोर्क र इलिनोजमा मुद्दा खेपिरहेका छन् । महिलालाई शारीरिक सम्बन्धका लागि अनुबन्धित गर्ने र भिडियो टेप बनाउने र हराएको टेप फर्काउन पैसा खर्च गर्दै आएको अभियोग लागेको हो ।

केलीमाथि लागेको अभियोगको अनुसन्धान भइरहँदा उनी हिरासतमा राखिएका छन् । शुक्रबार पक्राउ परेका उनी मङ्गलबारसम्म हिरासतमा रहनेछन् ।

केलीले १८ वर्षभन्दा कम उमेरका चारजना किशोरीसँग शारीरिक सम्बन्ध राखेर भिडियो पनि बनाएका थिए । सन् १९९८ को उक्त घटनापछि केलीले ती भिडियो हराएका थिए । भिडियो खोज्दै पुनः प्राप्तिका लागि केही व्यक्तिलाई हजारौं डलर तिरेका थिए ।

यतिसम्मकी भिडियो रेकर्डका सबै कपी फिर्ता गरेको हो होइन भनी पैसा पाउने व्यक्तिको पोलिग्राफ परीक्षण समेत गर्थे । सम्बन्धित केटीहरुलाई हजारौं डलर र उपहार दिएर चुप लगाउँथे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah