नयाँ दिल्ली । विवाह हुनु एक दिन अघि एक युवकले आफ्नी पूर्व प्रमिकालाई मन छुने (भावुक) म्यासेज लेखेका छन् । उक्त म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त म्यासेज पढेर मानिस इमोशनल हुने गर्छन् । पूर्व प्रेमीको म्यासेज पढेपछि पूर्व प्रेमीका पनि भक्कानिएर रोएकी थिइन् । उनले उक्त म्यासेज स्क्रीनशट गरेर शेयर गरेकी छिन् । र क्याप्सन लेखिएको छ, म निशब्द छु । म्यासेजमा युवकले रिलेशनशिपमा हर चिजको लागि धन्यवाद व्यक्त गरेका छन् । युवकले उक्त म्यासेज आफ्नो विवाहको एक दिनअघि गरेका थिए ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले म्यासेज गर्ने तरीकाको तारिफ गरिरहेका छन् । र युवतीलाई सोधिरहेका छन्, जवाफ के दियौ त ?
युवकले म्यासेजमा लेखेका छन्, ‘म भोलि विवाह गर्दैछु । मैले तिमीलाई म्यासेज गर्नु नै थियो (जुन मेरो हुनेवाली श्रीमतीलाई थाहा छ) । मेरो पहिलो प्यार बनेकोमा धन्यवाद । भन्यवाद मलाई सधैं प्रोत्साहित गर्यौ । भन्यवाद मलाई सधैं समस्याबाट बाहिर निकालेकोमा । जब म बिरामी थिएँ, त्यो समयमा मलाई ठीक गरेकोमा धन्यवाद । म कामना गर्छु कि तिमीलाई एक दिन चोखो प्रेम गर्ने कोही मिलोस् । तिमीले जवानीमा मलाई यति धेरै चाह्यौ, अब तिम्रो प्रेम झन् कति स्ट्रङ (मजबुद) भयो होला । मलाई प्रेम गरेकोमा धेरे धन्यावाद ।’
युवतीले जवाफमा लेखेकी छिन्,’म रोइरहेको छु । सुरुमा त तिमीलाई विवाहको लागि बधाई छ । मेरो साथमा रहेकोमा धन्यवाद । यी शब्दको लागि धन्यवाद । मलाई तिमीप्रति गर्भ छ । म खुशी छु कि तिमीलाई यस्तो श्रीमती मिलोस् कि जोसँग तिमी जिन्दगीभर साथमा रहनेछौ । एकपटक फेरी विवाहको लागि धन्यवाद ।’



