नेपाल मेडिकल काउन्सिलले डा. नूतन शर्मालाई तीन महिनाका लागि डाक्टरी पेशामा रोक लगाएको छ। ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत डा. नूतनले ऐन विपरित गैरकानुनी काम गरेको ठहर गर्दै काउन्सिलको चैत २४ गते निलम्बन गरिएको पत्राचार गरेको हो। काउन्सिलको निर्णयमा भनिएको छ, ‘पत्र बुझेको दिनदेखि तीन महिनासम्म चिकित्सा पेशा नगर्नु हुन सूचित गरिएको छ, अन्यथा प्रचलित ऐन बमोजिम कारबाही हुनेछ।’

काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्माका अनुसार प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. नूतनले ललितपुर निवासी २८ वर्षीया गीता श्रेष्ठको गर्भमा रहेको बच्चाको अवैध रुपमा लिङ्ग पहिचान गरी गर्भपतन गराउन उत्प्रेरित गरेको प्रमाणित भएपछि ऐन अनुसार निलम्बन गर्ने निर्णय भएको हो। डा. नूतनको काउन्सिल दर्ता नम्बर २६८८ हो।

काउन्सिलले २०७२ साल साउन २४ गते डा. नूतनलाई निलम्बन गर्ने निर्णय गरेको थियो। तर, त्यसविरुद्ध उनले पुनरावेदन अदालत ललितपुर (हाल उच्च अदालत) मा काउन्सिलको निर्णय विरुद्ध रिट दायर गरेकी थिइन्। सो रिटमा अदालतले २०७२ साउन ३१ गते काउन्सिलको निर्णय कार्यान्वय नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता किताबबाट नाम हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि पुनः सेवामा फर्किएकी डा. नूतनको मुद्दाको अन्तिम फैसला भने भएको थिएन। पाटन उच्च अदालतले २०७३ असार २१ गते उक्त मुद्दाको विषयमा अन्तिम फैसला गर्दै डा. नूतनलाई निलम्बन गर्ने काउन्सिलको निर्णय मुनासिब देखिएकाले काउन्सिलको निर्णय बदर नहुने फैसला गरेको थियो। अदालतको फैसलाको पूर्ण विवरण प्राप्त गरेपछि काउन्सिलले डा. नूतनलाई निलम्बन गरिएको जनाउँदै पत्राचार गरेको हो।

स्वास्थ्यखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah