मेष– उत्साह, उमंग बढेर जानेछ । घरबाहिरको सानो यात्राको योग पर्ने एवं काममा जिम्मेवारी थपिनाले व्यस्तता बढ्नेछ । दाजुभाइपक्षबाट सरसहयोग मिल्ने एवम स्वास्थ्यमा भने सामान्य समस्या देखापर्नेछ । साताको मध्यमा अनावश्यक चिन्ता थपिने एवं पारिवारिक तनाव बढ्नेछ । साताको अन्त्यमा भने अध्ययनमा सफलता मिल्ने एवं आम्दानीको स्तर बढ्नाले आँटेको काममा सफलता मिल्नेछ ।

 

वृष– धन सम्पत्तिको कारोबारमा सफलता मिल्ने एवं छरछिमेकबाट सहयोग पाइनेछ । भोजनको सुख मिल्ने एवं स्थान परिवर्तनको योग देखिन्छ । साथीभाइसँग रमाइलोमा खर्च हुने एवं प्रशन्नता बढ्नेछ । साताको अन्त्यमा भने विवाद बढ्ने मित्रता टुट्ने एवं आफ्ना मान्छेसँग कारोबार बिग्रिनेछ ।

 

मिथुन– खेलकुद एवं मनोरञ्जनमा लगाव लाग्नेछ । आँटेको काममा ढिलासुस्ती एवम शारीरिक चोटपटक लाग्नेछ । साताको मध्यमा भने व्यापार व्यवसायमा फाइदा, बोलीको प्रभावले काम बन्ने एवं कुटुम्ब सुख मिल्नेछ । साताको अन्त्यमा भने छोटो यात्रा गर्नुपर्ने एवं नोकरी रोजगारीमा जिम्मेवारी थपिनाले तनाव बढ्नेछ ।

 

कर्कट– साताको शुरुमा पैसाको अभाव हुनेछ । अनावश्यक खर्च बढ्नाले आर्थिक तनाव बढ्नेछ । सरसामान हराउन सक्ने एवं यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने शंकाले चिन्ता थपिने, बिसञ्चो बढ्ने एवं आलस्यताले काममा ढिलासुस्ती हुनेछ । साताको अन्त्यमा भने आम्दानीको श्रोत भेटिने एवं सम्पतिको कारोबारमा लाभ मिल्नेछ ।

 

सिंह– पशु एवं चौपायाबाट फाइदा मिल्नेछ । खेती किसानीबाट आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा फाइदा हुनाले आर्थिक स्थिति मजबुत रहनेछ । साताको मध्यमा भने सामान्य क्षति हुने एवं शारिरीक समस्या आउनेछ । साताको अन्त्यमा भने अरुको लागि खर्च गर्नुपर्ने एवं सामाजिक क्षेत्रमा पहिचान र प्रतिष्ठा मिल्नेछ ।

 

कन्या– नयाँ कामको थालनी हुनेछ । काममा सहायता मिल्नाले फाइदा बढी देखिनेछ । राजनीतिक क्षेत्रबाट लाभ एवं ठूलाबडाको साथ मिल्नेछ । व्यापारमा वृद्धि हुनाले आर्थिृक भार कम हुनेछ । सुख सुविधा एवं भोग विलासमा मन जाने एवं मातृपक्षबाट सहयोग मिल्नेछ । साताको अन्त्यमा भने काममा क्षति हुने, घाटा बेहोर्नुपर्ने एवं नमिठो खबर मिल्न सक्नेछ । आलोचना बढ्नाले काम गर्ने मनस्थिति कमजोर हुनेछ ।

 

तुला– धार्मिक एवं आध्यात्मिक क्षेत्रमा लगाव जानेछ । धर्म कर्ममा रुचि एवं सामाजिक क्षेत्रमा पहिचान बन्नेछ । वैदेशिक कामबाट फाइदा एवं नोकरी रोजगारीको अवसर मिल्नेछ । काममा प्रशंसा मिल्ने एवं आँटेको काममा फाइदा हुनाले आर्थिक क्षेत्र बलियो हुनेछ । व्यापार बढ्ने तथा धनसम्पतिको सहयोग मिल्नाले पुरानो एवम अधुरो काम पूरा हुनेछ ।

 

वृश्चिक– स्वास्थ्यमा सामान्य गडबडी हुनेछ । काममा तनाव एवं पारिवारीक समस्या आउनेछ । साताको मध्यमा भने यात्रा हुने एवं पारिवारीक भेटघाट रहनेछ । दिनले साथ दिनाले काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने मानसम्मान बढ्ने एवम सरकारी क्षेत्रमा पहुँच मिल्नेछ ।

 

धनु– प्रेममा प्रगति देखिन्छ । वैवाहिक सुख मिल्ने एवं पारिवारिक मेलमिलाप हुनेछ । साताको मध्यमा भने आलोचना हुने, कसैले फसाउन सक्ने एवं काम अधुरो रहनेछ । स्वास्थ्यमा समस्या आउनाले खर्च बढ्ने एवं सञ्चित धन कम हुनेछ । साताको अन्त्यमा भने धर्म कर्म एवं तीर्थ ब्रतमा मन जाने तथा दान धर्म पुण्यमा खर्च हुनेछ ।

 

मकर– खेलकुद एवं प्रतिस्पर्धामा जित हुनेछ । अधुरा काम बन्ने एवं वैदेशिक कामबाट फाइदा मिल्नेछ । मुद्दा मामिला किनारा लाग्ने एवं विरोधी पक्षको भय हट्नेछ । साताको मध्यमा भने साझेदारीमा फाइदा एवं सेयर कारोबारमा राहत मिल्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या आउने एवं प्रियजनको कारणले तनाव बढ्नेछ ।

 

कुम्भ– सन्तानले सहयोग गर्नेछन् । कला, संगीतमा रुचि जाने एवं व्यापार व्यवसाय फस्टाउनेछ । शत्रुको भय हट्ने एवं प्रतिस्पर्धात्मक काममा जित आफ्नो हुनेछ । आँटेको कुरा ढिलो पूरा हुने एवं आफन्तसँग मनमुटाव रहनेछ । साताको अन्त्यमा भने पारिवारिक स्वास्थ्यमा समस्या आउने एवं दाम्पत्य जीवनमा मनमुटाव बढ्नेछ ।

 

मीन– घरायसी कारोबारमा उल्झन आउनेछ । आपसी समझदारी नबन्नाले काम लम्बेर जानेछ । साताको मध्यमा भने विद्याध्ययनमा प्रगति एवं सन्तानको सुख मिल्नेछ । आम्दानीको स्तर बढ्नाले पुराना कामको तनाव घट्नेछ । कला, संगीतमा रुचि जाने एवं अरुको सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुने तथा साथी भाइको सहयोगले काम छिटो पूरा हुनेछ । ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah