दक्षिणी पोल्याण्डको चेक रिपब्लिकको सीमासँगै जोडिएको एउटा सानो गाउँमा विगत ९ वर्षदेखि छोरा जन्मिएको छैन । गाउँमा बस्ने सबैभन्दा कान्छो बालक १२ वर्ष पुगिसकेका छन् । यसैकारण त्यहाँ छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरिएको छ ।

मिइज्स्से ओर्दान्स्किका स्थानीयले खोइ किन हो निकै विरलै छोरा जन्माउँछन् । त्यहाँका मेयर राजमुन्द फ्रिस्कोले पोल्याण्डका पत्रकारलाई इतिहास पल्टाएर हेर्दा र जन्म दर्ताको अनुगमन गर्दा त्यहाँ पहिले देखि नै पुरुषको जन्म निकै कम हुने गरेको बताए । उनैले छोरा जन्माउने पहिलो जोडीलाई उपहारको घोषणा गरेका हुन् ।

‘हामीले जन्मदर्तालाई समिक्षा गर्दै यसबारे थप अनुसन्धान गर्यौं,’ फ्रिस्कोले भने । ‘पितापूर्खाले जे भने त्यो पुष्टि भयो । छोरीको निरन्तर जन्म भइरहेको छ भने छोराको निकै कम । यसको कारणबारे थाहा पाउन निकै गाह्रो छ ।’ तोमाज्स गोलास्जले आफूलाई छोरा जन्माउन मन लागेता पनि गाउँको इतिहास हेर्दा यसको सम्भावना निकै कम भएको बताउँछन् ।

‘यो थुप्रै शताब्दीदेखि चल्दै आएको छ,’ दुई छोरीका पिता गोलास्जले भने । ‘म यो गाउँमा आएँ, यहाँका स्थानीयलाई श्रीमती बनाएँ र दुई छोरीको पिता भएँ । मलाई छोरा जन्माउन मन छ तर यसको सम्भावना निकै कम छ । मेरा छिमेकीले पनि प्रयास गरे र उनका दुई छोरी छन् । यहाँका महिलाले छोरा जन्माउँछन् भन्ने मलाई लाग्दैनँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah