साउन १५, २०७६
काठमाडौं – चीनको दक्षिणपश्चिममा रहेको चोङकिङ शहरमा तीन वर्षीय एक बालक ६ तल्लामाथिबाट लडेपछि छिमेकीहरूले बचाएका छन् ।

सोमवार दिउँसो उक्त बालक अग्लो भवनको बाल्कोनीमा झुण्डिन पुगेका थिए । यो दृश्य देखेर आत्तिएका मानिसहरूले तत्कालै दुईवटा ठूला कम्बल तल गएर फैलाए ।

 

रोमाञ्चक भिडियोमा बालक बाल्कोनीबाट लडेको देखिन्छ । भाग्यवश तल रहेका कम्बलमा बालक झरेकाले चोटपटक लाग्न पाएन ।

ती बालकलाई घरमा एक्लै छोडेर परिवारका मानिस बाहिर गएका थिए । बालक निद्राबाट उठेर हजुरआमालाई खोजिरहेको थियो । उनी सामान किन्न पसल गएकी थिइन् ।

हजुरआमालाई खोज्दै जाँदा बालक बाल्कोनीमा रहेको सिंकमाथि चढ्न पुगेका थिए । त्यसक्रममा उनी शीशाको रेलिङमा लडेका थिए र झुण्डेका थिए ।

घटनाको भिडियो छिमेकी लिउले खिचेका थिए । भिडियोमा बालकले खुट्टा झट्कारेको र आफूलाई माथि तान्नका लागि भरमग्दुर प्रयास गरेको देखिन्छ ।

सुरक्षा गार्डका अनुसार, उक्त बालक लगभग चार मिनेटसम्म त्यसरी झुण्डेका थिए अपन हात गलेपछि लडेका थिए ।

भाग्यवश बालक कम्बलको बीचमा खसे र उनलाई कुनै चोटपटक लागेन ।

हजुरआमाले बालकलाई घर पुर्‍याइन् र उसका मातापिताले उसलाई अस्पताल लगे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah