साउन २१, नयाँ दिल्ली । भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेका छन् ।

बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएको छ ।

शल्यक्रिया पछि बालकले भने, ‘अब कतै पनि दुख्दैन’

सबिता डेन्टल कलेजका ओरल सर्जन डा. पी सेन्थिलनाथनले भारतीय मिडियालाई दिएको जानकारी अनुसार ती बालकको निकै लामो समयदेखि दायाँ बंगारामा सुन्निएको थियो ।

अत्यधिक सुन्निएपछि अभिभावकले उनलाई अस्पताल पुर्याए । एक्स–रे र सिटी स्क्यानमार्फत् पत्ता लाग्यो कि बंगारामा केही दाँत यस्ता छन् जो आधा विकसित छन् । यस्तोमा शल्यक्रियाको निर्णय लिइयो ।

सेन्थिलनाथन भन्छन्, ‘दाँत बंगाराको भित्री भागमा थिए जसलाई बाहिरबाट देख्न मुश्किल थियो । बिरामीलाई एनेस्थेसिया दिएपछि उनको बंगाराको एउटा भाग निकालियो जसको तौल २ सय ग्राम थियो । शल्यक्रिया गर्दा त्यसमा ५२६ वटा साना, मध्य र ठूला आकारका दाँत पाइयो ।’

डाक्टरले यस्तो प्रकारको अस्वभाविक विकासको कारण थाहा हुन सकेन । कतिले यस्तो मोबाइल टावरबाट हुने रेडिएसन वा कुनै आनुवांसिक समस्याका कारण हुनसक्ने बताए ।

डाक्टरले भने, ‘शल्यक्रियाको क्रममा हामीले उसको स्वस्थ दाँतलाई त्यत्तिकै छोडिदियौं । अस्वाभाविक रुपमा आएका दाँतलाई निकै सावधानीपूर्वक निकालियो । यसअघि कसैको पनि यति धेरै दाँत देखिएको थिएन । यसअघि सन् २०१४ मा एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah