काठमाडौं – पोल्यान्डको मीएस्से ओद्रजान्स्की शहरमा विगत नौ वर्षदेखि छोरामान्छे जन्मेकै छैनन् । गाउँमा केटा मान्छेको कमी भएको कुरा एक स्थानीय मिडियाले उजागर गरेपछि देशकै ध्यानमा यहाँ एकत्रित भएको हो । अग्निनियन्त्रकहरूको प्रतियोगितामा गाउँका महिला टोलीमाथि उक्त मिडियाले रिपोर्ट प्रकाशन गरेको थियो ।

 

तथ्यमा स्थानीय प्रशासनको ध्यान गयो । शहरकी मेयर क्रिस्टियाना जदजियाकले गाउँमा अनौठो स्थिति रहेको तर आफ्नो वशको कुरा नभएको बताइन् । यो थाहा पाएपछि टेलिभिजनका चार फरक फरक क्रू सदस्यहरू रिपोर्टिङ गर्न गएका छन् । गाउँमा ९६ वटा घर छन् र टेलिभिजन च्यानल ती घरमा किशोरहरूको संख्या टिपिरहेका छन् ।

 

वैज्ञानिकहरूले पनि छोरी मात्र जन्मिने कारणहरू जाँचबुझ गरिरहेका छन् । गाउँको जनसंख्या पनि कम छ । धेरैजसो मानिस खेतीमा निर्भर छन् । सन् २०१० मा एक पुरुष शिशु जन्मेदेखि गाउँमा जम्मा १२ बच्ची जन्मिएका छन् ।

 

गाउँलेहरूलाई यसबारेमा सोध्दा यसका बारेमा आफूहरूले केही नसोच्ने गरेको र यो संयोग मात्र भएको बताए । गाउँका अग्निनियन्त्रक टोलीका महिला सदस्यहरूले कहिले पनि केटा मान्छेको कमीको अनुभव गर्नु नपरेको बताए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah