बाँदरमाथि यौ*न दुर्व्यवहार गरेको आरोपमा युवती ३ बर्षका लागी जे*ल चलान भएकी छिन । महिलामाथि यौ*न दुर्व्यवहार, बलात्का*र भएका घ*टना त हामीकहाँ निकै धेरै आउँछन्। तर अफ्रिकी मुलुक इजिप्टमा एक युवतीले बाँदरमाथि यौ*न दुर्व्यवहार गरेको आरोप लागेको छ। यौ*न दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीलाई ३ वर्ष जे*ल सजाय दिइएको छ।
इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौ*न दुर्व्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो। ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ।
बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई प*क्राउ गरिएको थियो। उक्त भिडियोमा ती युवतीले बाँदरको यौ*नांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो।
अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भए पनि आफ्नो नियत बाँदरलाई यौ*न दुर्व्यवहार गर्ने नभएको भनी बताएको जनाएको छ।
यो पनि, श्रीमतीलाई पातली बनाउन १२ वर्षसम्म राम्रोसँग खान दिएनन् श्रीमानले !
एक महिलालाई उनका पतिले १२ वर्षसम्म भोकभोकै राखेको आरोप लगाएकी छन् । सात वर्षीया बालिकाका लागि डिजाइन गरिएको कपडामा पत्नीलाई फिट गराउनका लागि पतिले भोको राखेको आरोप छ । अमेरिकाको अर्भिन शहरमा बस्ने क्याथरिन हार्टलीले म्याथ्यु हार्टलीसँग विवाह गर्दा उनी साइज १२ की थिइन् । म्याथ्युले साइज जिरोको कपडा लगाउने पत्नी चाहेका थिए ।
यो जोडीको भेट हुँदा क्याथरिन १५ वर्षकी थिइन् भने म्याथ्यु २५ वर्षका थिए । आफूलाई चुरोट र रक्सी पियाएर म्याथ्युले फकाएको क्याथरिनले बताइन् । उनीहरूको विवाह अक्टोबर २००६ मा भएको थियो । पतिले आफ्नो जीवनका सबै पक्षमा नियन्त्रण जमाउन खाजेको क्याथरिनले बताइन् । उनले के खाने, के नखाने पनि पतिले नियन्त्रण गर्ने गरेको क्याथरिन बताउँछिन् ।
म्याथ्युले आफूलाई मोटी पत्नी नचाहिएको भन्दै क्याथरिनलाई भरपूर खान नदिने गरेको उनले बताइन् । कुनै समयमा उनको तौल जम्मा ३१ किलो थियो । क्याथरिनले भनिन्, ‘मैले सुत्नुअघि खाना खाएँ भने उसले मलाई सोफामा सुत्न बाध्य बनाउँथ्यो किनकि मैले खाएको खानाको गन्धले उसलाई सताउँथ्यो । म यति दुब्ली भएँ कि ओछ्यानमा सुत्दा पनि मेरो हाड दुख्थ्यो । अन्तिममा गएर मैले सात वर्षीया छोरीको लुगा लगाउन थालें ।’
पतिले आफूलाई घाँटीमा समातेर उचाल्ने गरेको अनि एकपटक कोठाको एक कुनाबाट अर्को कुनामा फ्याँकेका थिए । अर्को एक घटनामा क्याथरिनले चुरोट पिएको देखेपछि म्याथ्युले उनको ड्रेसिङ गाउन तानेर उनलाई बाल्कोनीबाट फ्याँकिदिएका थिए ।
पछि उनले घरका सबै कोठामा सीसीटीभी जडान गरेर निरन्तर निरीक्षण गर्ने गरेका थिए । उनीहरू अगस्ट २०१७ मा छुट्टिए अनि अप्रिल २०१९ मा पारपाचुके लिए । छुट्टिएपछि क्याथरिनले प्रहरीसमक्ष पतिको व्यवहारका बारेमा गुनासो गरिन् ।
म्याथ्युले आफ्नीमाथि गरेको दुर्व्यवहार सकारे । अन्य महिलालाई पनि यौन दुर्व्यवहार गरेको उनले बताए । तर, उनलाई कारागारमा बस्नुपर्ने सजाय दिइएन । उनलाई १२ महिनासम्म सुपरीवेक्षणमा रही समुदायमा काम गर्नुपर्ने र यौन कसूरदारको बहीखातामा हस्ताक्षर गर्न लगाइयो ।
आफूलाई पतिले वर्षौंसम्म गरेको दुर्व्यवहारका लागि यो कम सजाय भएको क्याथरिनको भनाइ छ । म्याथ्युले आफ्नो आत्मविश्वास र सम्मान ध्वस्त हुने गरी निरन्तर दुर्व्यवहार र आलोचना गरेको र ऊ महिलाका लागि खतराका रूपमा रहेको क्याथरिनको भनाइ छ । एजेन्सी
यो पनि, अस्ट्रेलियाः सपनामा देखेको नम्बर प्रयोग गर्दा चिठ्ठा पर्यो
अस्ट्रेलियामा एक जना पुरुषले १३ वर्ष अगाडि सपनामा देखेको एउटा नम्बरमा चिठ्ठा हाल्दा दश लाख डलर जितेका छन् । आफ्नो पहिचान खुलाउन नचाहने ती व्यक्तिले उक्त नम्बरहरू उनले एक रात सपनामा देखेको र ती नम्बरहरूमा उनले बारम्बार चिठ्ठा खेलिरहेको बताए । उनले भने,‘मैले मेरो टिकटलाई अनलाइनमा हेरेको थिएँ र समाचार थाहा पाएँ । मलाई लागेको थियो एकदिन मैले यी नम्बरमा जित्नेछु ।’
विगतका अन्य वर्षहरूमा तिनै नम्बरमार्फत् आफूले अन्य पुरस्कारहरू पनि जितिसकेको उनले बताए । ‘ती वास्तवमै मेरा निम्ति भाग्यशाली नम्बर हुन् । त्यसैले म तिनमा चिठ्ठा खेलिरहन्छु,’ उनले भने ।
कुनै विजेताले आफूले सपनामा देखेको नम्बरबाट चिठ्ठा जितेको दाबी गरेको यो पहिलो घटना भने होइन । यो महिनाको सुरुमा अमेरिकामा एकजना महिलाले करिब एक लाख डलर जितेकी थिइन् । उनले सपनामा एकजना पुरुष आएर आफूलाई भाग्यशाली नम्बर बताएको जनाएकी थिइन् ।
यो पनि, समलिंगी पेन्गुइन बढे
आयरल्यान्डको एक चिडियाघरमा राखिएका १४ वटा पेन्गुइनमध्ये ८ वटा समलिंगी क्रियाकलापमा लागेको कुरा पत्ता लागेको छ । आयरल्यान्डको डिंगल ओसनपार्कस्थित पेन्गुइनहरू गे (भाले–भालेबीच सम्बन्ध राख्ने) र लेस्बियन ९पोथी–पोथीबीच सम्बन्ध राख्ने) गतिविधिमा लागेको चिडियाघरले जनाएको छ । चिडियाघरका कर्मचारीले भने आयरल्यान्डले सन् २०१५ मा समलिंगी विवाहलाई मान्यता दिएपछि चिडियाघरमा पनि समलिंगी पेन्गुइनको संख्या बढेको जनाएको छ ।
पेन्गुइनले भाले र पोथी मिलेर बच्चा हुर्काउने गरेकोमा त्यहाँ रहेका पोथी समलिंगी पेन्गुइनले भालेसँग संसर्ग गरेर गर्भवती हुने र पोथी–पोथी मिलेर बच्चा हुर्काउने गरेका छन । चिडियाघरका निर्देशक लुइस ओभरीका अनुसार अहिले उक्त चिडियाघरमा दुई जोडी भाले तथा एक जोडी पोथी समलिंगी छन ।



