काठमाडौं– पुरातन नेपाली समाजमा मात्र होइन भारतीय र पश्चिमा समाजमा पनि सासु बुहारीको बेमेल सामान्य कुरा थियो । तर अहिले त्यसमा परिवर्तन आएको छ । सासु र बुहारीबीचको सम्बन्ध पछिल्लो समयमा सुधार आएको पाउन सकिन्छ ।

तर सासू बुहारीबीचको सम्बन्ध छोरी र आमाको जस्तो भने बन्न सकेको छैन ।

नेपाली समाजका धेरै परिवारमा अहिले पनि सासू र बुहारीबीचको सम्बन्ध राम्रो बन्न सकेका पाइँदैन । कुनै घरमा सासूका कारण त कुनै घरमा बुहारीका कारण समस्या उत्पन्न हुने गरेको छ ।

सासूले बुहारीमाथि हैकम जमाउन खोज्ने र बुहारीले सासूको मानमर्दन र वेवास्ता गर्नाले समस्या निम्तने गरेको छ ।

घर परिवारलाई राम्रोसँग चलाउनु सासु र बुहारी दुबैको लागि अत्यावश्यक हुन्छ । सासू भन्दा पनि यसमा बुहारीको धेरै भूमिका हुन जान्छ । किनकी बुहारीले उक्त घरमा लामो समय विताउनु पर्ने हुन्छ ।

सासु बुहारीबीचको वेमेल अन्त्य गर्नका लागि हामीले केही उपायको खोजी गरेका छौं ।

उमेरको ख्याल– पहिलो कुरा सासु र बुहारीले एक अर्काको उमेरको ख्याल गर्न आवश्यक छ । सासु उमेर र अनुभवले खारिएकी हुन्छिन् । उनले जीवनमा धेरै हन्डर र ठक्कर पनि खाएको हुन्छ । यस अर्थ बुहारीले सासुको अनुभावबाट केही सिक्ने बानीको विकास गर्नु आवश्यक छ । त्यस्तै सासुृले पनि बुहारीको उमेरलाई ख्याल गर्दै आफू त्यस्तो उमेर हुँदाका अवस्था, आवश्यकता, इच्छा आदीलाई ख्याल गर्न आवश्यक हुन्छ ।

सकारात्मक सोच– हेरेक कुरामा सकारात्मक सोच राख्दा अधिकांश कुरामा फाइदा पुग्छ । नकारात्मक सोचले हानी पुग्छ । सासु पुरानो जमानाकी भएका कारण उनको सोच त्यस अनुरुप हुन जान्छ । कयौं आधुनिक कुरालाई उनले पचाउन नसकने पनि हुनसक्छ । त्यसैले उनको सोचलाई पनि बुहारीले सकारात्मक रुपमा लिन जरुरी छ ।

आफू पनि पछि त्यही अवस्थामा पुग्नु छ भन्ने सोच बुहारीले राख्न सकेको खण्डमा सासु र बुहारीबीचको विवाद धेरै हदसम्म समाधान हुन सक्छ ।

समान व्यवहार– धेरै जसो घरमा विवादको एक कारण सासु र माइतिको आमाप्रतिको फरक व्यवहार हुने गर्छ । बुहारीले सासुलाई वेवास्ता गर्ने, विरामी पर्दा वेवास्ता गर्ने, लामो समय बाहिर भएको बेलामा फोन हालखबर नसोध्ने तर माइति तर्फको आमाको हरेक कुरालाई महत्व दिने कुरा दर्शाउँदा सासुलाई त्यो राम्रो नलाग्न सक्छ । त्यसैले श्रीमानको आमा(सासू) र आफूलाई जन्मदिने आमालाई गर्ने व्यवहारमा समानता देखाउन जरुरी छ ।

सम्मान– एकले अर्काको सम्मान गर्न सकियो भने धेरै कुरामा समस्या पर्दैन । बुहारीले उमेर, व्यक्तित्व, आदीका हिसावमा पनि सासूलाई मान सम्मान गर्नुपर्ने हुन्छ । यसो गर्न सकियो भने उनी खुसी हुन्छिन् । सासु खुसी हुनु भनेको बुहारीका लागि राम्रै कुरा हो । सम्मान दर्शाउँदा सासु खुसी हुन्छिन् र परिवार राम्रोसँग चल्छ भने त्यसो किन नगर्ने ?

आवश्यकता बारे चनाखो– सासु आमाको दैनिक जीवनमा पर्ने आवश्यकता, लत्ता कपडा, खानपानको इच्छा, औषधि उपचार लगायका विषयमा अलि गम्भीर र चनाखो बन्नु होस् । मौसम अनुसारका खानेकुरा लगिदिने र समय समय लत्ता कपडा किनिदिँदा उनीहरु खुसी हुन्छन् ।

बालबच्चाको हेरचाह–भनिन्छ साउँको भन्दा व्याजको माया बढी हुन्छ । त्यसैले सासू आमालाई छोराको भन्दा नाती नातिनाको बढी माया हुन्छ । त्यसैले नाती नातिना हेर्ने र स्यहार गर्ने सासुआको इच्छालाई स्वीकार गर्न सक्नुपर्छ । सासु पुरानो जमानाको हो यो गरेको भएन, नुहाएको भएन, खुवाएको भएन आदी कुरा गरेर नाती नातिना हेर्ने र स्यहार गर्ने सासु आमाको इच्छालाई रोक्न हुँदैन ।

खुलस्त कुराकानी– खुलस्त कुराकानीले धेरै समस्या समाधान हुन्छ । पति पत्नीबीचको विवाद होस् या घरायसी अरु केही विवाद त्यस बेला कुराहरु खुलस्त राख्न सकियो भने धेरै समस्या समाधान हुन जान्छ । त्यसैले सासुसँगै बुहारीलाई र बुहारीसँग सासुलाई केही चित्त बुझेको छैन भने अरुलाई नभएर सम्बन्धित व्यक्तिसँग खुलस्तसँग कुरा राख्दा समस्या समाधान हुन्छ ।

सल्लाह सुझाव– सासु उमेर अनुभव आदीले बुहारी अनुभवी नै हुन्छन् । जीवनको भोगाई वुहारीसँग भन्दा सासुसँग धेरै हुन्छ । अध्ययन, आधुनिकता, विज्ञान प्रविधिमा बुहारी सासुभन्दा अगाडि नै भएपनि जीवन भोगाई र कामहरुबारे बुहारीले सासुसँग सल्लाह लिने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah