काठमाडौं – भारतको दार्जीलिङमा एक बाँदरले स्टेसनरी पसलमा बसिरहेकी महिलाको शल खोसेर आफैं त्यो शल टाउको र काँधमा राखेको छ ।
घटनाको भिडियोमा बाँदर एक महिलासँगै पसलभित्र बसेको देखिन्छ । उसले शल तान्छ अनि महिलाले शल समातिरहन कोशिश गर्छिन् ।
बाँदरले शल खोसेको दृश्य देखेर मानिस हाँस्छन् । बाँदरबाट टाढा जान खोज्दै सीटबाट उठेपछि महिलाले उसलाई शल दिन खोज्छिन् ।
बाँदरले शल लिएर महिलाले जस्तै आफूमा बेरेको देख्दा मानिस हाँस्छन् । उसले महिलाको नक्कल उतार्ने क्रममा गोडा पनि बाँध्छ र गफ समेत गरेको जस्तो गर्छ ।
उनी बाँदरबाट टाढा जान खोज्दा बाँदर पनि सँगै जान्छ र उनी बसेकै ठाउँमा गएर बस्छ । पसले महिला बनेको बाँदरको तस्वीर र भिडियो अन्य पसले र ग्राहकले खिचेका हुन् ।



