चैत २८ / झापाको लखनपुरमा पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता अन्तर्गगत सोमबारको खेलमा विर्तामोड युनाईटेड क्लब विजयी भएको छ ।
आदिवासी रंगशालामा भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विर्तामोड प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको टिमको जितका लागि दोश्रो हाफको ५ औँ मिनेटमा जर्सी नम्बर १४ का कर्ण लिम्बुको पासको सदुपयोग गर्दै जर्सी नम्बर १५ का पुष्प मादेनले गोल गरेका थिए ।
त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि मादेनले गरेको गोल नै निर्णायक बन्यो । उर्लाबारीले खेल अवधिभर आक्रमक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन ।
खेलको म्याद आफ द म्यच पुष्प मादेन घोषित भए । उनले नगद ३ हजार नगद प्राप्त गरे । स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानकको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत मंगलबारदेखि सेमिफाईनलका खेलहरु सुरु हुनेछन् ।
पहिलो सेमिफाईनल खेलमा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर र लखनपुर ११ बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ दोश्रो हुनेले नगद ५० हजार मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए ।




