भारतको दिल्ली र वरपरका इलाकामा बच्चा चोर्ने समूह सक्रिय रहेको हल्ला चलेपछि निर्दोष व्यक्तिहरू पनि भीडको शिकार बनिरहेका छन्। मंगलवार गाजियाबादको लोनीमा मानिसहरूले एक वृद्ध महिलालाई घेरे। महिला काली थिइन् भने नाति गोरो थियो।

महिलाले बच्चा चोरेर ल्याएको भन्ठानेपछि मानिसहरूले उनलाई कुटपिट गरे। ती महिला नातिलाई चप्पल किन्न बजार गएकी थिइन्। केही मानिसले हजुरआमा र नातिको छालाको रंग फरक देखेपछि बच्चा चोर भनी हल्लाखल्ला गरे। अनि भेला भएका मानिसले महिलालाई पिटे।

भीडमै रहेका केही मानिसले चाहिँ महिलालाई बचाएर प्रहरीलाई खबर गरे। प्रहरीले महिलालाई अस्पताल लग्यो। त्यहाँ पो थाहा भयो, बच्चो त महिलाकै नाति रहेछ। कोतवाली प्रभारी बिजेन्द्र सिंह भडानाले हल्ला चलेपछि महिलामाथि कुटपिट भएको बताए। कुटपिट गर्नेको खोजी भइरहेको उनले जानकारी दिए।

प्रत्यक्षदर्शीहरूका अनुसार, हल्ला चलेपछि मानिसहरूले महिलालाई घेर्दा उनीहरूले बच्चा आफ्नै नाति भएको बताइन्। तैपनि मानिसहरूले उनलाई पिटे। उनले रुँदै रुँदै मेरै नाति हो भनिरहे पनि मानिसहरूले सुनेनन् अनि पिटिरहे। गाजियाबादमा विगत एक हप्तामा बच्चा चोरको दोष लगाउँदै भीडले पिटेको यो पाँचौं घटना हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah