नेपालीहरु जङ्गबहादुरको पाला देखि निकै जाँड खाने रहेछन् । निक रमाइलो गर्नुपर्ने स्वभावका भएपनि जाँड खाएर हल्लनुपर्ने । सन् १८७५ मा नेपालमा आएका रुसी नागरिक इभान पाभ्लोभिच मिनाएभले नेपालका विपन्न समुदाय देखि संभ्रान्तहरुको जाँड खाएर हल्लनुपर्ने स्वभावबारे यात्रावर्णनमा उल्लेख गरेका छन् । उनी नेपाल आउँदा जङ्गबहादुर प्रधानमन्त्री थिए ।

नेपालीहरुलाई निकै रसिला पाए उनले । हँसमुख र दयालु देखे । तर, नेपाल भ्रमणको अनुभवबारे यात्रावर्णनमा नेपालीहरुलाई जड्याहा देखे ।
केही अपवाद छाडेर सबै जना जाँडरक्सी खान्छन्, मिनाएभले लेखेका छन् । यतिसम्मकी शिक्षकले समेत विद्यार्थीलाई रक्सीको व्यवस्था गर्ने गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “नेपालका बेरोनेटका छोराहरुलाई शिक्षा दिन भर्ना गरिएका अंग्रेजी शिक्षक आफ्ना शिष्यहरुको शिक्षादिक्षामा भन्दा उनीहरुको निम्ति सोमरस अर्थात् कोन्याकरक्सी जुटाउनमा संलग्न रहेको देखिन्छन् ।”

शिक्षक नै रक्सी व्यवस्थापनको पेशामा संलग्न थिए । रक्सी व्यापार गरेर धनी बनेका थिए । उनले काठमाडौंलाई जड्याहाहरुको शहरका रुपमा इंकित गरेका छन् । उनले लेखेका छन्, काठमाडौंका सडकहरुमा के उत्सव, के साधारण दिन, सधैं रक्सी लागेका मानिसहरुलाई देख्न सकिन्छ ।

सन् १८७५ मा नेपाल आएका इभान पाभ्लोभिच मिनाएभले नेपालमा देखे भोगेको विषय यात्रावर्णनमा उल्लेख गरे । रुसी नागरिक उनी त्यतिबेला नेपाल आउने थोरै यूरोपेलीमध्यका हुन् । रिपोटर्स नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah