ओडिसास्थित बालेश्वर जिल्लामा एक सर्मनाक घ*टना घटेको छ । एकजना पुरुषले आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेका छन् ।घ*टना यतिमा मात्र सिमित रहेन । जुवा हार्ने व्यक्तिले जुवा जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए । अनि जित्नेले जुवामा जितेकी अर्काकी श्रीमतीलाई उनकै लोग्ने अगाडि बला*त्कार गरे । पीडित महिलाले स्थानीय प्रहरी चौकीमा बला*त्कारको उजुरी दर्ता गराएकी छन् । त्यसपछि उनका पति र जुवामा जितेर आफूलाई बला*त्कार गर्ने पुरुष दुवैजना फरार छन् । ती महिलाका अनुसार केहि दिन अघि उनका लोग्ने राति ११ बजे घर आएर उनलाई आफूसँगै हिड्न भने । उनले कहाँ जाने ? भनेर सोध्दा कुनै जवाफ दिएनन् ।

त्यसपछि उनलाई जबरजस्ती गाउँ भन्दा बाहिर लगे, जहाँ लोग्नेका एकजना साथी पहिले देखि नै बसिरहेका थिए । लोग्नेका ती साथीलाई महिलाले पहिले देखिनै चिन्थिन् र भाइ भन्थिन् । तर अकस्मात ती पुरुषले उनको हात समातेर तान्न खोजे । उनले विरोध गरिन् । तर उनका लोग्नेले त्यो परपुरुषलाई झापड हान्नुको साटाे उल्टै आफ्नै श्रीमतीको साडी फुकालिदिए अनि श्रीमतीलाई त्यहीँ जुवाडे साथीको हातमा बुझाइदिए ।

आफूलाई त्यो जुवा जित्नेवाला मानिसले केही पर लगेर बला*त्कार गरेको उनले बताएकी छिन् । पीडितले आँसु पुछ्दै भनिन्, ‘जुवा जित्‍ने व्यक्तिले मलाई केही पर लग्योर मसँग जबरजस्ती बला*त्कार गर्‍यो। मलाई पछि थाहा भयो कि मलाई मेरो पतिले जुवामा हारेको रहेछ।’अर्को दिन बिहान ती महिलाकी छोरीले आफ्नो मावली हजुरबुवालाई फोन गरी आमामाथि भएको बला*त्कारको बेलिविस्तार लगाइन् । महिलाका बाबु उनको घर आएर पीडित महिलालाई माइत लगेर गए । अनि प्रहरीमा बला*त्कारको उजुरी दर्ता गरिएको छ ।

अघिल्लो दिन बिहान उनी आफ्नो छोरालाई लिएर ससुराली पुगे। पीडित महिलाकी बुवाले भने, ‘हामीले जब सम्धि र ज्वाइसँग उक्त घटनाबारे बताउँदा उनीहरुले यसबारेमा केही थाहा नभएको जानकारी दिए। यसपछि मैले गाउँको मुखियाँसँग कुरा गरेँ।’ उनले अगाडि भन्‍दै गइन्, ‘उसले अन्‍य अरु गाउँका भलाद्‍मीसँग कुरा गरे र दुई दिनको समय दिए। बाध्‍यता भएर उसले आफ्‍नो छोरी र उसको दुई नातिनातिनालाई लिएर गाउँ फर्किएँ।’

‘भोलि पल्टै हामीले स्थानीय थानामा हामीले रिपोर्ट पेश गर्‍यौ। तर प्रहरीले उजुरी दर्ता गर्नुको साट्टो उल्‍टै हामीलाई छोरीको पतिसँग मिलेर बस्‍नु भन्‍ने सल्लाह दिए। बुधबार हामी जब एसपीसँग भेट्‍यौ अनि मात्र हाम्रो उजुरी दर्ता भयो,’ पीडितको बुवाले भने। थाना प्रहरीले नै पीडीतको पितामाथि आरोप लगाउँदै उक्त दर्ता खारेज गरिदियो। उनले भने, ‘म आफै छुट्टीमा थिएँ। फर्किएर आउँदा मात्रै थाहा भयो कि दुवै पक्ष आपसमा मिलिसकेका रहेछन्। तर जब एसपीले आदेश दिए, उनीहरुले तत्कार मुद्दा दर्ता छानबिन सुरु गरे।’

पीडित महिलाको बुवाको आरोप छ कि मुद्दा दर्तापछि पनि प्रहरीले उसलाई दु:ख दिइ नै रहेको छ। उनी भन्छन्, ‘आज पनि हामीले प्रहरी चौकीमा तीन देखि चार घण्टा बसाए। मेरो छोरीसँग गलत प्रश्‍न सोध्‍यो। मानौ दोषी उसको पति नभइ उनी स्वयम् नै हुन।’यति भइसक्‍दा पनि पीडित बुवाले रुनु बाहेक अर्को कुनै विकल्‍प अपनाउन सकेका छैनन्। उनी न्‍यायको लागि भगवानसँग प्रार्थना गरिरहन्छन्। तस्विर फाइल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah