नयाँ दिल्ली : भारतमा लागू भएको नयाँ ट्राफिक नियमले ठूलो सनसनी मच्चाएको छ । देशमा नयाँ नियम लागू भएपछि नियम उल्लंघन गर्नेमाथि जरिवाना असुल हुन थालेको हो ।
यसैबीच, चप्पल र स्याण्डिल लगाएर बाईक चलाएमा समेत जरिवाना हुने डरले प्रयोगकर्ता आतंकित बनेका छन् । कानुनअनुसार स्कुटर या बाईक चलाउत्रदा चप्पल लगाएर चलाउन मिल्दैन ।
ट्राफिक विभागका अधिकारिका अनुसार यो नियम पुरानो भएपनि यसको कार्यान्वयन भने हुन सकेको थिएन । तर अहिले सबै नियममा कडाई हुन थालेपछि अब चप्पल लगाउँदा समेत कार्वाही हुने डर आम सर्वसाधारणमा परेको हो । नियमअनुसार चप्पल लगाएर गेयर भएको दुई पांग्रे सवारी साधन चलाउन पाईँदैन ।



