मेष – अधुरा काम पूरा हुनेछन् । सामाजिक एवं परोपकार क्षेत्रमा लगानी बढ्नेछ । धार्मिक रुचि बढ्ने एवम यात्राको सम्भावना देखिन्छ । राजनीतिक रुपमा शक्ति बढ्ने एवम ठुलाबडाको साथले पद, प्रतिष्ठामा वृद्धि हुनेछ । काममा जस पाउनाले नयाँ कामको पनि शुरुवात हुनेछ । रोजगारीको बाटो देखिने एवं साथीभाइको सहयोगले व्यापार व्यवसायमा आम्दानी राम्रो हुनेछ । कृषि एवम पर्यटन क्षेत्रबाट फाइदा मिल्नेछ । मातृपक्षबाट सहयोग मिल्नाले पुरानो अधुरो काम पूरा हुने देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवं आम्दानीको श्रोत बढ्नेछ ।

वृष –साताको सुरुमा अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध आउन सक्नेछ । साताको मध्यमा भने अधुरा काम बन्ने एवं भाग्यले साथ दिनेछ । सामाजिक क्षेत्रमा राम्रो योगदान रहनेछ । नयाँ कामको शुरुवात हुने एवं ठूलाबडासँगको भेटघाट बढ्नेछ । साताको अन्त्यमा भने नोकरी रोजगारीमा फाइदा एवम आफ्नो कामबाट राम्रो पहिचान मिल्नेछ ।

मिथुन –यात्राको अवसर आउनेछ । पारिवारीक भेटघाट एवम साथीभाइसँग मनोरञ्जन हुनेछ । प्रेममा प्रगति एवम वैवाहिक जीवनमा खुशीयाली बढ्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा गडबडी, काममा अवरोध एवं मानहानीको सम्भावना रहन्छ । साताको अन्त्यमा भने नयाँ कामको थालनी एवम पुराना मित्रको सहयोग मिल्नेछ ।

कर्कट – प्रतिस्पर्धामा जीत हुनेछ । सामान्य मुद्दा मामिला खेप्नुपर्नेछ । वादविवाद भएतापनि सामान्यमा टुंगिनेछ । साताको मध्यमा भने व्यावसायिक यात्रा हुने एवम सामुहिक कार्यमा समय व्यतित हुनेछ । साताको अन्त्यमा भने अनावश्यक खर्च बढ्ने एवम स्वास्थ्यको चिन्ता हुनेछ । काम बिग्रिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ ।

सिंह –अध्ययनमा रुचि जानेछ । कला, संगीत एवम साहित्यमा प्रगति देखिन्छ । सन्तानको माया बढ्ने एवं विद्याध्ययनमा प्रगति देखिन्छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुने एवं साथीभाइको सहयोगले जटिल काम पूरा हुनेछ । साताको अन्त्यमा भने यात्रामाखर्च बढी हुनेछ । प्रेमिप्रेमिका बीच खुशीयाली बढ्ने एवं वैवाहिक कुराकानी चल्नेछ ।

कन्या –प्रेममा शंका उब्जीनेछ । भावनात्मक रुपमा शंका बढ्ने एवं घरपरिवारमा विवाद हुनेछ । साताको मध्यमा भने अध्ययनमा प्रगति देखिने एवम सम्पत्तिको कारोबार बढ्नेछ । छोराछोरीको सुख मिल्ने एवं खुशीको खबर आउनेछ । साताको अन्त्यमा भने सामान्य चोटपटक लाग्न सक्ने एवम पशु चौपायाको क्षति हुन सक्नेछ ।

तुला – काममा जिम्मेवारी थपिनेछ । उत्साह, उमंग बढ्नाले नयाँ काम गर्ने हौसला मिल्नेछ । छोटो यात्राको संयोग पर्नेछ । साताको मध्यमा भने घरायसी विवाद बढ्ने, आफन्तसँग सम्बन्ध बिग्रिने एवं मानसिक तनाव बढ्नेछ । साताको अन्त्यमा भने आर्थिक फाइदा मिल्ने, अध्ययनमा रुचि जाने एवं नयाँ मित्रसँग भेटघाट एवं राम्रो सम्बन्ध बढ्नेछ ।

वृश्चिक– धनसम्पत्तिको कारोबारमा प्रगति हुनेछ । बोली बचनले साथ दिने एवं ठूलाबडासँगको भेटले फाइदा मिल्नेछ । दाजुभाइको सहयोग
प्राप्ति हुने एवम सानो यात्राको अवसर मिल्नेछ । काममा स्याबासी मिल्नाले प्रतिष्ठाको योग बन्नेछ । दिदीबहिनीबाट आर्थिक सहयोग मिल्ने एवं ससुरालबाट धनप्राप्ति हुनेछ । साताको अन्त्यमा भने मित्रबाट धोका, स्वास्थ्यमा समस्या एवम यात्रामा कष्ट हुनेछ ।

धनु–पहिचानको योग बन्नेछ । काममा प्रगति देखिने एवम नयाँ काममा योजना बन्नेछ । साथीभाइको सहयोगले अधुरा काम पुरा हुनेछ । साताको मध्यमा भने सभासम्मेलनमा सहभागिता मिल्ने, नयाँ मित्रसँग भेटघाट हुने र कला एवं संगीत क्षेत्रबाट प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने सामुहिक यात्रा हुने, नयाँ ठाउँको भ्रमण गर्नुपर्ने देखिन्छ ।

मकर – साताको शुरुका खर्च बढ्नेछ । नसोचेको ठाउँमा लगानी गर्नुपर्नेछ । पैसाको अभावले ऋण बढ्नेछ । साताको मध्यमा भने पारिवारिक खुशीयाली बढ्ने, प्रेममा प्रगति देखिन्छ । नयाँ सरसामान किनमेलमा खर्च हुने एवं सवारी सुख र मनोरञ्ञ्जनमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने बोलीको कारण प्रशंसा मिल्ने, अध्ययनमा प्रगति देखिने एवं धनसम्पत्तिको कारोबार एवं व्यापार व्यवसाय फस्टाउनेछ ।

कुम्भ –सवारी साधनको मोह बढ्नेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ । स्वास्थ्य बिग्रिनाले सञ्चित धनको नाश हुनेछ । यात्रामा सामान्यकष्ट मिल्ने एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । व्यापारमा भने केही राम्रो योग देखिन्छ । साताको अन्त्यमा भने नयाँ सरसामान किनमेलमा खर्च हुने एवं सानो यात्राको योग बन्नेछ ।

मीन–राजनीतिक पहुँच मिल्नेछ । ठूलाबडाको साथ मिल्नाले कठिन काममा फाइदा हुनेछ । व्यापार व्यवसाय एवम आर्थिक क्षेत्रमा प्रगति देखिन्छ । काममा जस मिल्नाले सहयोगीहरू अगाडि आउनेछन् । कृषि एवं पशु चौपायाबाट राम्रो आम्दानी हुनेछ । महिला वर्गको सहयोगले
आर्थिक भार कम हुनेछ । साताको अन्त्यमा भने केही खर्च बढ्ने, सरसामान हराउन सक्ने एवम सामान्य क्षतिको भय देखिन्छ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah